गाउँपालिकाको मासिक आम्दानी रु एककरोडभन्दा बढी

Letang Khabar बिहिबार, जेठ ०३, २०७५

सल्लेरी, सोलुखुम्बु, जेठ ३ गते । टिम्स कार्ड ९पदयात्री सूचना व्यवस्थापन प्रणाली० निषेध गरेर पर्यटन प्रवेश शुल्क संकलन गर्नथालेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सात महिनाको अवधिमा रु आठ करोडभन्दा बढी राजश्व संकलन गरेको छ । गतबर्ष २०१७ को अक्टोबरदेखि २०१८ को अप्रिल महिनाको अन्तिमसम्म रु आठकरोड २३ लाख ४१ हजार पर्यटन प्रवेश शुल्क संकलन गरेको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिनुभयो ।

यो अवधिमा ४१ हजार १७० जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । यसरी हेर्दा गाउँपालिकाको मासिक आम्दानी रु एक करोडभन्दा बढी देखिन्छ । नेपाल पर्यटन बोर्डले टिम्स कार्ड ९पदयात्री व्यवस्थापन प्रणाली० वितरण गरिरहेको भएपनि त्यसलाई पूर्णनिषेध गर्दै गाउँपालिकाले पर्यटन प्रवेश शुल्क संकलन गर्न थालेको हो । गाउँपालिकाले स्टेशननै खडा गरेर खुम्बु प्रवेश गर्ने प्रतिपर्यटक रु दुई हजार प्रवेश शुल्क संकलन गर्ने गरेको छ ।

गाउँपालिकाको तथ्याँकअनुसार अक्टोबर महिनामा सात हजार १२ जनाबाट रु एक करोड ४० लाख ३५ हजार, नोभेम्बर महिनामा सात हजार ४१२ जनाबाट रु एक करोड ४० लाख ३५ हजार राजश्व संकलन भएको गाउँपालिकाका प्रवक्ता लाक्पाछिरि शेर्पाले जानकारी दिनुभयो ।

यस्तै, डिसेम्बर महिनामा दुई हजार ४१७ पर्यटकबाट रु ४८ लाख ३४ हजार, जनवरीमा एक हजार पाँच पर्यटकबाट रु २० लाख १० हजार, फेब्रुअरीमा एक हजार ५६२ पर्यटकबाट रु ३१ लाख २४ हजार, मार्च महिनामा छ हजार ७४७ पर्यटकबाट रु एक करोड ३४ लाख ९४ हजार र अप्रिलमा १० हजार २६४ पर्यटकबाट रु दुई करोड ५२ लाख आठ हजार राजश्व जम्मा भएको गाउँपालिकाले जनाएको छ ।

पर्यटन बोर्डले टिम्स कार्ड वितरण गरेर करोडौँ राजश्व संकलन गरेपनि खुम्बु क्षेत्रको पर्यटन प्रवद्र्धनमा चासो नदिएको भन्दै गाउँपालिकाले टिम्स कार्डनै निषेध गरेको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताउनुभयो । पर्यटन बोर्डले भने गाउँपालिकाले टिम्स कार्ड निषेध गरेर प्रवेश शुल्क लिनु गैरकानूनी रहेको जनाउँदै आएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ