सुन्दरहरैचामा फेला परिन् नेपालकै होची युवती

Letang Khabar बुधबार, जेठ ०२, २०७५

शिव भट्टराई
सुन्दरहरैंचा ३ जेष्ठ । मोरङको सुन्दरहरैंचामा ३२ इन्च होची युवती भटिएकी छिन् । गछिया खोलाको गिट्टी कुटेर जिविका चलाउदै आएका सुन्दरहरैचाका रमेश मरर (ऋषिदेव) की २० बर्षिया छोरी मालती ऋषिदेवको उचाई ३२ इन्च मात्रै छ ।

मालती अत्यन्त होची भएपनि हालसम्म सार्वजनिक भएको थिएन । घरको पारिवारिक अवस्था नाजुक भएका कारण बाबु रमेशले गछिया खोलाको गिट्टी कुटेर जिविका चलाउदै आएका छन् । गरिवी र आर्थिक अवस्थाले पिल्सिएको मरर ९ऋषिदेव० परिवार सुन्दरहरैंचाको वडा न। ४ स्थित बडहरा खागटोल साइडमा रहेको एक झुप्रो घरमा जीवन गुजारा गरिरहेका छन् ।

मालती बिश्वमा कतिऔ होची हुन् भन्ने यकिन नभए पनि बिश्वकै सबैभन्दा होची मध्येमा पर्ने अनुमान गरिएको छ ।

यसअघि नेपाकै स्व। चन्द्रबहादुर डाँगी र खगेन्द्र थापा मगर विश्वकै होचा ब्यक्तिको रूपमा बिश्वभर परिचित भएका थिए । स्वर्गीय दिपेन साहलााई पनि बिश्वकै होचा कलाकार मानिएको थियोे ।

आफनो छोरी होची भएकै कारण र सानैमा हिडडुल गर्न नसकेकोले विधालयमा पढाउन नपाएको बाबू रमेशले बताए । ऋषिदेव परिवारले मालतीको नेपाली नागरिकता बनाउन जादा जन्मसिद्धको आधारमा नदिएको समेत दुखेसो पोखेका छन् ।

वडाअध्यक्ष शैलेन्द्र श्रेष्ठका अनुसार रमेशले छोरीको नागरिकता बनाउन सिफारिस लिन खोजेका थिए । तर १८ वर्ष पुगे पनि होची र सानै भएको कारणले जिल्ला प्रशासनमा सिफारिस पठाऊदा जन्मसिद्धको नागरिकता नपाउने आशंकामा सिफारिस बनाइएन । मालतीको परिवारमा आर्थिक समस्या भएकोले गुजारा चलाउन समस्या भएकोले जिल्ला प्रसासन कार्यालय गइ नागरिकता र अन्य सहयोगका लागि आफुले पहल गर्ने उनले बताए ।

उनी नेपाल या विश्वकै होची युवती हुन सक्ने भन्दै वडाध्यक्ष श्रेष्ठले प्रचार गरी सहयोग गरिदिन संचारकर्मीहरुसंग अनुरोध गरेका छन् ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ