पथरी चोक व्यवस्थित गर्ने निर्णय

Letang Khabar बुधबार, जेठ ०२, २०७५

पथरी, मोरङ, २ जेठ (रासस)। मोरङको पथरीशनिश्चरे नगरको प्रमुख बजारका रुपमा रहेको पथरी बजार पूर्वपश्चिम मुख्य सडक क्षेत्रलाई व्यवस्थित गर्ने नगरपालिकाले निर्णय गरेको छ । 

नगर कार्यपालिकाको मंगलबारको बैठकले तीन दिन लगाएर चोकको मध्यभागबाट दुवैतर्फ ८२÷८२ फिट सडकको क्षेत्र खाली गरिसकेको सो सडक क्षेत्रको व्यवस्थापनमा प्राविधिक इस्टमेट गरेर योजना बनाइने निर्णय भएको प्रवक्ता यामप्रसाद गुरागाईंले बताउनुभयो । तत्कालका लागि खाल्डाखुल्डी भएको ठाउँ पुर्ने र सम्याउने काम हुने भएको उहाँले उल्लेख गर्नुभयो ।

नगरको निकै महत्वपूर्ण परियोजनाका रुपमा सञ्चालनमा रहेको ढल निकासका लागि नगरपालिकाले वडा नम्बर ७ मा थप जग्गा व्यवस्थापन गर्न समिति निर्माण गरेको छ । समितिको संयोजकमा ६ नम्बरका वडाध्यक्ष जयबहादुर तामाङ तथा सदस्यमा २ नम्बरका वडाध्यक्ष यामप्रसाद गुरागाईं, ४ नम्बर अध्यक्ष गोविन्दबहादुर भण्डारी, कार्यपालिका सदस्य गीता विश्वकर्मा र ७ नम्बर सदस्य मैनाकुमारी राई लिम्बू रहनुभएको छ ।

नयाँ आर्थिक वर्षका लागि अझ प्रभावकारी नीति, कार्यक्रम तथा बजेट निर्माण गर्ने सन्दर्भसँग जोडेर जेठ ७ गते विज्ञसँग अन्तक्र्रियात्मक छलफल गर्ने निर्णयसमेत भएको छ ।

लाटी खोला कल्भर्टको उद्घाटन 

यसैबीच, स्थानीय सरकारको अधिकार आएपछि मोरङको पथरीशनिश्चरे नगरमा विकास निर्माणका योजना प्रसस्त सञ्चालन भई सम्पन्न हुने क्रमको दौडधुपबीच वडा नम्बर २ स्थित लाटी खोला कल्भर्ट पनि निर्माण सम्पन्न भएको छ ।

मंगलबार एक कार्यक्रमका बीच नगरप्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट बाँस्तोला, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, वडाध्यक्ष यामप्रसाद गुरागाईंसहितले कल्भर्टको उद्घाटन गर्नुभयो ।

स्थानीय उपभोक्ता आफैँले निर्माण सामग्री बोक्दै चुस्तरुपमा निर्माण कार्यमा सक्रिय सहभागिताको नमूना प्रदर्शन भएको सो कल्भर्ट रु १२ लाख एक हजार ७५० को लागतमा निर्माण सम्पन्न भएको हो ।

यसमा नगरपालिकाको रु १० लाख, उपभोक्ता एवं बाटोका जग्गाधनीबाट रु एक लाख ५१ हजार, चौतारी र सुन्दर सामुदायिक वन उपभोक्ता समूहबाट रु २५÷२५ हजार जुटाएर काम सम्पन्न भएको निर्माण उपभोक्ता समिति अध्यक्ष खिलनाथ घिमिरेले बताउनुभयो ।

कल्भर्ट निर्माण भएपनि त्यहाँको बाटोलाई व्यवस्थित गर्न आवश्यक रहेकाले सबै पक्षको सहकार्यमा बाटो व्यवस्थित गर्ने अभियान सञ्चालन गरिने घिमिरेले उल्लेख गर्नुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ