पाँच करोडभन्दा बढी मूल्यको आँप क्षति

Letang Khabar बुधबार, जेठ ०२, २०७५

सन्तोष सुवेदी

सिरहा, जेठ २ गते । पटक पटक आएको हावाहुरीका कारण सिरहामा पाँच करोडभन्दा बढी मूल्य बराबरको आँप क्षति भएको छ ।
जिल्ला कृषि विकास कार्यालय सिरहाका अनुसार, सिरहामा वैशाख ४ गते, २६ गते तथा ३१ गते बिहान आएको हावाहुरीका कारण पाँच करोड मूल्य बराबरको आँप क्षति भएको छ । सिरहामा पाँच हजार छ सय हेक्टर बगैँचामा लगाइएको छ लाख ७२ हजार आँपका बोटमध्ये १७ हजार ३० वटा आँपका बोट भाँचिएका छन् भने नभाँचिएका बोटबाट समेत आँपका चिचिला झरेका छन् ।

जिल्लाका सम्पूर्ण स्थानीय तहमा रहेका कृषि प्राविधिकबाट लिइएको तथ्याङ्क अनुसार ५० हजार चार सय मेट्रिक टन आँप यसपालि पूर्ण विकसित नहुँदै हावाहुरीका कारण नष्ट भएको छ जसको अनुमानित मूल्य पाँच करोड पर्दछ, सिरहाका वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादवले भन्नुभयो, मौसम अनुकूल रहेको भए यस वर्ष ६७ हजार दुई सय मेट्रिक टन आँप सिरहा जिल्लामा उत्पादन हुनसक्ने हाम्रो अनुमान थियो तर अब १६ हजार आठ सय मेट्रिक टन आँप मात्र उत्पादन हुनसक्छ । यो हिसाबले सिरहामा ७५ प्रतिशत आँप पूर्ण रूपले विकसित नहुँदै नष्ट भइसकेको छ । फल्ने वर्ष भएकोले यसपालि सिरहामा आँपको उत्पादन बढ्दा मूल्य पनि सस्तो हुने सम्भावना थियो तर अब कम उत्पादन हुने भएको कारण आँपको मूल्य आकाशिने लहानका फलफूलको थोक बिक्रेता सुरेश मण्डलले जानकारी दिनुभयो । बजारमा सबैभन्दा पहिले आउने बम्बई जातको आँप प्रतिकेजी १२५ रुपियाँमा मङ्गलबार खरीदबिक्री हुन थालेको छ ।

आँप मात्र नभई यसपालि पटक पटक आएको हावाहुरीले अन्य फलफूल तथा तरकारीबाली पनि नष्ट गरेको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ । उक्त कार्यालयका अनुसार, ४१ करोड ६२ लाख बराबर तरकारी, २० करोड बराबरको मुङ, सात करोड ४४ लाख बराबरको तरभुजा तथा दुई करोड बराबरको लिची तथा ४० लाख बराबरको मकैको बोट नष्ट भएका छन् ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ