मुख्यमन्त्रीको राजीनामा माग

Letang Khabar बुधबार, जेठ ०२, २०७५

काठमाडौँ, २ जेठ  । नेकपा (माले) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा मुख्यमन्त्रीको राजीनामा माग गरेको छ ।

पार्टीका महासचिव सिपी मैनालीले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा सरकारले संविधानबमोजिम बनेको प्रदेश सरकार तथा त्यसका मुख्यमन्त्रीले विदेशका प्रधानमन्त्रीसमक्ष नेपालको आन्तरिक समस्या समाधान गर्न हस्तक्षेपको याचना गर्नु, विकृत बनाई राष्ट्रिय झण्डाको अपमान गर्नु लगायतका संविधान र राष्ट्रिय अखण्डता विरोधी कार्य भएकामा आपत्ति जनाएको छ ।

उक्त विज्ञप्तिमा त्यस कार्यप्रति जिम्मेवार सबै व्यक्तिमाथि राज्यबाट अविलम्ब कानूनसम्मत कारबाहीको माग गर्दै भारत विहारका भाजपा–सांसद कीर्ति आजादले सामाजिक सञ्जालमार्फत नेपाललाई खण्डीत गर्ने राष्ट्रविरोधी विचार व्यक्त गरेकोमा दुःख व्यक्त गरिएको छ ।

भारतीय इष्ट इण्डिया कम्पनी सरकारसँग भएको सुगौली सन्धि (४ मार्च, १८१६) द्वारा हडपिएको ‘कोशी नदी पश्चिमदेखि राप्ती पूर्वको समथर भूभाग’ त्यसभन्दा धेरै पहिले नेपालमा एकीकृत भइसकेको भूभाग भएको हुँदा सो विषयमा सरकारले ऐतिहासिक तथ्यसहित भारत सरकारसमक्ष आपत्ति जनाई ती विचार फिर्ता गराउन विज्ञप्तिमा माग गरिएको छ । (रासस)

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ