अगुवा कृषकहरुलाई तालिम

Letang Khabar मंगलबार, बैशाख २५, २०७५

प्रशान्त निरौला
लेटाङ, २५ वैशाख । लेटाङ नगरपालिकाको आयोजनामा ३ दिने अगुवा कृषकहरुका लागि नगरस्तरिय व्यवसायिक तरकारी खेती तालिम सुरु भएको छ । लेटाङ नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा आजवाट आयोजना भएको तालिममा लेटाङ नगरपालिकाका ९ वटै वडाका २÷२ गरी १८ जना कृषकको सहभागिता रहेको छ ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेका लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले तालिम उद्घाटन कार्यक्रम लाई सम्वोधन गर्दै कृषकको पक्षमा काम गर्नका लागि आफु आएको वताए । लेटाङ नगरपालिका क्षेत्र कृषिमा ठुलो सम्भावना रहेको र सवै कृषकको सहयोगमा लेटाङलाई नमुना कृषी क्षेत्र वनाउन लागेको वताए । कृषक र व्यापारी विचको ठुलो फरकलाई चिर्दै अघि वढ्नुपर्ने अवस्था आएको वताए । लेटाङमा अम्लिसो , अलैची , चिया, घ्यु सिमि,तितेकरेला, टमाटर लगायतका नगदेवालीको ठुलो सम्भावना रहेको भन्दै कृषकले उत्पादन गरेको तरकारीहरुलाई व्यापारीहरुले उचित मुल्य दिएर लान आग्रह गरे । कृषक वलियो नभई व्यापारी मजवुत हुन नसक्ने भन्दै दिगो व्यापार गर्नका लागि उत्पादित वस्तुहरुलाई उचित मुल्य दिनुपर्नेमा मेयर राईको जोड थियो ।
तिन दिन सम्म चल्ने तालिममा लेटाङ नगरपालिकाका कृषी विकास अधिकृत श्रीधर खनालले कृषी प्रणालीका विभिन्न आयामहरु माथि प्रकाश पार्ने वताईएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ