पैदलमार्गमा राखिने सबै पसल हटाउँदै: कामपा

Letang Khabar मंगलबार, बैशाख २५, २०७५

 

काठमाडौँ, २५ वैशाख (रासस)।  काठमाडौँ महानगरपालिकाले सडक छेउछाउमा राखिने सबै पैदलमार्गका (फुटपाथ) पसल हटाउन शुरु गरेको छ ।

रत्नपार्कबाट हटाउन शुरु गरिएको पसल केही दिनमा सबै स्थानबाट हटाइसक्ने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

कामपाकाका भित्री शहरमा अझ बढी यस्ता पसल सञ्चालन हुँदै आएकाले सडक किनारामा यात्रा गर्ने यात्रुलाई कठिन भएको छ ।

अव्यवस्थित रुपमा राखिएको पसलले दुर्घटनामा समेत वृद्धि हुनाका साथै हिड्न समेत कठिन भएकाले पसल हटाउन यो अभियान शुरु गरिएको उहाँले बताउनुभयो ।

नगर प्रहरीको सहकार्यमा पसल हटाउने काम भइरहेको छ, शुरुवातका समयमा सबै स्थानमा नराख्नका लागि सुझाव दिने र त्यसपछि पनि राखेमा प्रहरीले सामग्रीसहित नियन्त्रणमा लिने र पसल राख्नेले जरिवानासमेत बुझाउनुपर्नेछ ।

अनुमतिबिना नै त्यस्ता पसल सञ्चालनमा हुने भएकाले तिनको संख्या कति छ भन्ने यकिन तथ्याङ्क छैन ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ