२२ लाख बढीको चोरी गर्ने गिरोह छुटाउन स्थानीय एमाले नेताको दबाब

Letang Khabar मंगलबार, बैशाख २५, २०७५

                                 एमाले भन्छ दबाब दिएको छैन

वेलवारी २५ वैशाख । आफ्नै स्टापले सामान चोरी गर्न थाले पछि पछिल्लो समयमा बेलबारीका ब्यवसायी असुरक्षित महसुस गर्न थालेका छन् ।
बेलबारीको सिनेमाहल लाईनमा रहेको दिपक इलेक्ट्रिकलको सामान त्यहाँ कार्यरत स्टाप तिर्थ तामाङले बेलबारी १ मा बस्ने ईन्द्र सुबेदीको सहारामा चोरी गरि बेचेपछि उक्त रहस्य बाहिर आएको हो । बिगत लामो समय देखि दिपक इलेक्ट्रोनिक्स विद्युतिय सामान खरिद विक्रि गर्दै आएकोमा त्यहाँ कार्यरत कर्मचारीले गोदामबाट सामान चोरी गरि ईन्द्र सुबेदीलाई दिने र बाहिर पसलमा ईन्द्र र तिर्थ भएर बेच्ने गरेका थिए ।

कसरी चोरी हुन्थ्यो सामान र ?
कर्मचारी तिर्थ तामाङ अन्य विक्रि भएको सामान ग्राहकलाई दिन गोदाम जान्थे अनि गोदाममा रहेको राठी ब्रान्डको वाइरिङ तार, पंखा, डिमर,लिड बल्ब, स्विच, तथा महंगा–महंगा सामान बोरामा प्याक गर्थे र इन्द्र सुबेदीलाई बोलाउथे । नजिकै पसल गरी बस्ने ईन्द्र सुबेदी गोदाममा आउथे र चोरीको सामान रहेको बोरा बोकी नजिकै रहेको आफ्नै पसल इल्भा ईलेक्ट्रोनिक्समा लगि राखेर बेलबारी तथा आसपासका विभिन्न इलेक्ट्रोनिक्स पसलमा बेच्ने गरेका थिए ।

कहाँ कहाँ बेच्थे सामान ?
बेलबारी १ भिडाहामा रहेको गिरी होटलमा १६ क्यायल तार फेला परेको थियो । त्यस्तै गरी बेलबारी १ नक्सलमा इन्द्र सुबेदीकी श्रीमतीले स्थानिय महतको घरमा लुकाएर राखेको ५ क्यायल तार, फेन २ थान, स्वीच लगायत १ बोरा विद्युतिय सामान बरामत भएको थियो । इन्द्र सुबेदीको सेटिङमा बेलबारी १ मा संचालित पंचकन्या ईलेक्ट्रेनिक्समा पटक पटक तार बेचेको थाहा पाए पछि उक्त पसल सर्च गर्दा १० क्यायल तार फेला भएको थियो । तिर्थ र इन्द्रको सेटिङमा बेलबारीमा रहेको खड्का हार्डवेयरबाट १० क्यायल तार फेला परेको तर १९ क्यायल तार बेचिसकेको अनुसन्धानमा खुलेको छ । तिर्थ र ईन्द्रकै सेटिङमा केराबारी गाउ पालिका वडा नं। ९ मा रहेको छत्र दाहालको इलेक्ट्रिकल पसलबाट ३ प्याकेट स्विच, ७ क्यायल तार फेला परेको थियो । इन्द्र सुबेदीले गर्दै आएको इल्भा इलेक्ट्रोनिक्स पसलबाट स्विच र तार बरामत भएको थियो भने दिपक इलेक्ट्रिकल लेखिएको ८ वटा खालि बोरा फेला परेको थियो जसमा प्रति बोरा १८ रोल तार अट्ने गर्दछ । लक्ष्मीमार्ग स्थित अभिनय राईको इलेक्ट्रिकल पसलबाट इन्द्र सुबेदीको सेटिङमा गएको १० क्यायल तार फेला परेको थियो । बेलबारी १ मा रहेको पन्चकन्या ईलेक्ट्रोनिक्सका प्रोपाइटर नबराज सुबेदीले स्थानिय इलेक्ट्रिसियनलाई बोलाई मेरो राठि ब्रान्डको तार विशेष सेटिङमा आउछ बजार मुल्य भन्दा कम मुल्यमा दिन सक्छु भन्दै मार्केटिङ गर्ने गरेका थिए । तथापी यसबारे निरन्तर खबरले सम्पर्क गर्दा पन्चकन्या इलेक्ट्रिकलका प्रोपाइटर नबराज सुबेदीले आजसम्म मैले कसैलाई यस्तो कुरा नभनेको र मलाई प्रलोभनमा पारि झुक्याएर ईन्द्र सुबेदीले इलेक्ट्रिकल सामान बेचेको स्पष्ट पारे ।

कहाँ पुग्यो अनुसन्धान ?
इलाका प्रहरी कार्यालय बेलबारी २०७४ साल चैत्र २९ गते तिर्थ तामाङ र इन्द्र सुबेदीलाई पक्राउ गर्न सफल भयो । ती दुई ब्यक्तीलाई अनुसन्धान गर्दा ति ब्यक्तीहरुले दिपक बुढाथोकीको दिपक इलेक्ट्रिकलबाट चोरी गरि अन्य पसलहरुमा लगी विक्री गर्ने गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीमा निरिक्षक रामजी कटुवालको अनुसार विभिन्न बेलबारी, केराबारी आसपासका अन्य दोकानहरुबाट लुकाई छिपाई बेच्दै गरेको अवस्थामा दुई लाख पचास हजार बराबरको सामान बरामत भएको छ । बरामद भन्दा बढि सामानहरु सुबेदी र तामाङले बेचेको देखिन आएको छ । २२ लाख बराबरको बिगो पिडित पक्षको माग दाबि छ । अभियुक्तहरुलाई मंगलबार बयान प्रमाणित गर्न जिल्ला अदालत मोरङ लगिँदै छ । हामी सरकारी वकिल मार्फत अदालतमा पेस गर्छौँ कानुन अनुसार कारबाहि अघि बढाँउछौ ।

के भन्छन पिडित ?
म राठि ब्रान्डको आधिकारीक विक्रेता ९डिलर० हुँ । मेरो राठि ब्रान्डको सामान इटहरी देखि पुर्व र पथरी सम्म मेरो पसल देखि बाहेक खरिद विक्री गर्न अरुले पाउँदैन, बेच्नु परे मेरो पसलबाट लगेर मात्र बेच्न पाउँछ, उक्त कुरा थाहा हुँदै बेलबारी, केराबारी र लक्ष्मीमार्गका केहि इलेक्ट्रिक पसलहरुले मेरोमा काम गर्ने तिर्थ तामाङ र इल्भा इलेक्ट्रिक चलाएर बस्ने इन्द्र सुबेदीले अन्य दोकानहरु सँग बिगत दुई बर्ष देखि गोदाममा रहेका इलेक्ट्रिक सामानहरु बेलबारी १ मा रहेको नबराज सुबेदीको पन्चकन्या इलेक्ट्रिक, भिडाहामा रहेको गिरी होटल, केराबारी ९ मा रहेको छत्र दाहालको इलेक्ट्रिक पसल, खड्का हार्डवेयर बेलबारी, धरणी दाहालको पुर्वान्चल ग्लास हाउस हरैंचा, बेलबारी ११ मा रहेको अभिनय राईले सस्तो मुल्यमा किनेर बेच्ने गरेको रहेछन् । यिनिहरुले २२ लाख भन्दा बढिको मेरो सामान बेचेका छन् । यो अबैध रुपमा ब्यापार चलाउने तथा संलग्न हुने सबैलाई कानुनी दायरामा ल्याई कारबाही होस् र मेरो क्षतीपुर्ती सम्बन्धीत निकायबाट प्राप्त होस । इन्द्र सुबेदीलाई छुटाउन स्थानिय एमालेका नेता तथा कार्यकर्ताले फोन मार्फत दबाद दिँदै आएका बुढाथोकीले निरन्तर खबरलाई बताए । तथापी एमालेका बेलबारी नगर संयोजक ईरन राइले भने एमालेले पुलिस तथा दिपक बुढाथोकीलाइ दबाब नदिएको साथै चोरी भएको बिषयमा बेलबारी एमाले दुखि छ, कसैलाई दबाब दिएको भए सम्बन्धित व्यक्तिले नै पुस्टि गराउन म आग्रह गर्छु कुनै एमालेका व्यक्ति वा माथिल्ला निकायले दबाब दिएको भए आफुलाई जानकारी नभएको बताए ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ