प्रदेश नं १ महासंघ अध्यक्षमा लुइँटेल निर्वाचित

Letang Khabar आइतबार, बैशाख २३, २०७५

विराटनगर २३ वैशाख । नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको अध्यक्षमा विक्रम लुइँटेलसहित संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।

शनिवारर सम्पन्न निर्वाचनमा लुइँटेलसहित संयुक्त प्यानलले जित हासिल गरेको हो ।

अध्यक्षका उम्मेदवार लुइँटेलले ९३१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उपाध्यक्षमा सोमनाथ सुसेली ९२३ मतका साथ विजयी हुनुभएको छ ।

महिला उपाध्यक्षमा स्मिता निरौला ८५८ मतका साथ विजयी हुनुभएको छ । महासचिवमा विवेक गौतम ८८४ मतका साथ विजयी हुनुभएको छ ।

त्यस्तै, समावेशी सचिवमा बुद्धवीर राई, खुल्ला सदस्यहरुमा डिल्लीराम खतिवडा, तीर्थ सिग्देल, बुद्धिप्रसाद लामिछाने ९विमल०, विपेन्द्र गौतम र शशी कोइराला निर्वाचित हुनुभएको छ ।

मधेशी सदस्यमा जयकृष्ण यादव र ब्रम्हदेव यादव निर्वाचित हुनुभएको पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगुले जानकारी दिनुभयो ।

यसअघि नै महासंघको प्रदेश नं १ समितिको खुल्ला सचिवमा हरिकुमार राई, कोषाध्यक्षमा अम्बिका भण्डारी, महिला सदस्यमा रीता मोक्तान, तीलकुमारी शर्मा, रेजिना गौतम, समावेशी सदस्यमा केशव लामा, गणेश साम्पाङ, दलित सदस्यमा सन्तोष रुचाल र अल्पसंख्यक सदस्यमा इकलाव अहम्मद निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ