सामुदायिक वनमा मनपरी रूख कटान

Letang Khabar आइतबार, बैशाख २३, २०७५

गाईघाट उदयपुर, २३ वैशाख ।  उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा केही दिनदेखि मनपरी रूख कटान भएको छ ।

जिल्ला वन कार्यालय उदयपुरका अनुसार उक्त वन उपभोक्ता समितिलाई सामुदायिक वनको ढला, परा, सुख्खा खरा रूख मात्र कटान गर्न अनुमति प्रदान गरे पनि उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा आदेश प्राप्त भन्दा मनपरी अन्य सगल रूख कटान गरेको पाइएको हो ।

जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले आफूहरुले प्रत्यक्ष अनुगमन गर्दा २६६ दशमलब ४४ क्युफिट काठ कटान भएको पाइएको बताउनुभयो । वन उपभोक्ता समितिका केही पदाधिकारीसहित अन्यको पनि छानबिन गरेर जिल्ला वन कार्यालयमार्फन अदालतमा केही अभियुक्तविरुद्ध मुद्दा चलाउने तयारी भएको सहायक वन अधिकृत यादवले बताउनुभयो ।

वन उपभोक्ता समितिका अध्यक्ष मेखबहादुर भट्टराईका अनुसार केही व्यक्तिले निर्देशनविरुद्ध रूख कटान गरेको हुनाले सम्बन्धित अभियुक्तलाई कारबाही गर्न आफूहरुले सहयोग गर्ने बताउनुभयो ।

गाईघाटका सुन पसलले उपभोक्ता ठग्दै

उदयपुरको सदरमुकाम गाईघाटस्थित गाईघाट बजारका केही सुन पसल सञ्चालकले कृत्रिम तराजु तथा किलाकाँटा प्रयोग गरेर उपभोक्ता ठग्दै आएको तथ्य खुलेको छ ।

शुक्रबार केन्द्रीय आपूर्ति विभाग र जिल्ला प्रशासन कार्यालय उदयपुरका कर्मचारीले गाईघाट बजारको सुन पसल अनुगमन गर्दा पसलका सुन तौलने काँटा किला र तराजु बिग्रेको र कृत्रिम तथा मापदण्ड विरुद्धको भेटिएर जफत गरेको जिल्ला प्रशासन कार्यालय उदयपुरले बताएको छ । गाईघाटको महालक्ष्मी सुन पसललगायत अन्य तीन वटा सुन पसलका सुन तौलने तराजु कृत्रिम र ठगी गर्ने किसिमको पाइएकाले जफत गरिएको जिल्ला प्रशासन उदयपुरका अनुगमन अधिकृत खेमराज थापाले बताउनुभयो ।

यस्तै अनुगमनका क्रममा त्रियुगा नगरपालिकाको देउरी बजारमा पनि मापदण्डविरुद्ध सञ्चालन गर्ने केही पसल र एक पेट्रोल पम्प अवैध सञ्चालन भएको पाइएको कारण सिल गरिएको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ