उर्लाबारी महोत्सव : दुर्गेश थापादेखि ज्योति मगरसम्म, १० दिनसम्म सांगीतिक धमाका

प्रशान्त निरौला बुधबार, फाल्गुण १४, २०८१

उर्लाबारी(मोरङ) १४ फागुन ।  उर्लाबारीमा आगामी फागुन १५ देखि २५ गतेसम्म आयोजना हुने “उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव” चर्चित कलाकारहरूको धमाकेदार प्रस्तुतीसँगै भव्य रूपमा सम्पन्न हुने तयारीमा छ। महोत्सवमा नेपालका ख्यातिप्राप्त गायक-गायिकाहरूले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्नेछन्।

महोत्सवको पहिलो दिन चर्चित गायक राजनराज शिवाकोटी र नन्दु गुरुङले आफ्ना हिट गीतहरू प्रस्तुत गर्दै दर्शकलाई नचाउनेछन्। शिवाकोटीका ‘सुर्के थैली खै, कुटुमा कुटु सुपारी दाना, गोजिमा दाम छैन, फुलबुट्टे सारी’ जस्ता गीतहरूले सांगीतिक माहोल तताउनेछ। त्यसैगरी, कमल खत्री र द्रव्य व्याण्ड फागुन १६ गते दर्शकमाझ प्रस्तुती दिनेछन्। खत्रीका ‘म यस्तो गीत गाउँछु, जनम जनम, पहिलो माया’ जस्ता गीतहरू लोकप्रिय छन्।

फागुन १७ गते अस्मिता अधिकारी र महेश काफ्ले, फागुन १८ गते शमिक्षा अधिकारी र डम्बर नेपाली, फागुन १९ गते मेलिना राई र सुरेश धिमाल स्टेजमा उत्रनेछन्। मेलिना राईका ‘जेल पनि सहुला, परानै दिन्छु, म भन्दा नि’ जस्ता गीतहरूले दर्शकलाई झुमाउने छन्।

महोत्सवको मध्यदिन फागुन २० गते पछिल्लो समय चर्चाको शिखरमा रहेका दुर्गेश थापा र ताराविर पाण्डेको प्रस्तुती रहनेछ। दुर्गेश थापाका ‘डन आयो डन, दुस्मन हेरेको हेरै, विच विचमा’ जस्ता गीतहरू चर्चित छन्। यस्तै, फागुन २१ गते शान्तारानी परियार र हिप-हप गायक भाईवर साइमनको प्रस्तुती रहनेछ।

संगीतप्रेमी दर्शकहरूका लागि फागुन २२ गते टिका प्रसाई र मिराकल ब्यान्ड, फागुन २३ गते रचना रिमाल र निशान भट्टराई, फागुन २४ गते ग्ल्यामरस प्रस्तुतीका लागि चर्चित ज्योति मगर, फागुन २५ गते रकहेड ब्यान्डको प्रस्तुती रहनेछ।

उर्लाबारी उद्योग वाणिज्य संघका अनुसार १० दिनको अवधिमा करिब ३ लाख दर्शक सहभागी हुने र १५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। महोत्सव स्थलमा १३५ भन्दा बढी व्यापारिक स्टलहरू रहनेछन्, जसमा हस्तकलाका उत्पादनहरू, घरेलु तथा साना उद्योगका सामग्रीहरू, अटोमोबाइल, इलेक्ट्रोनिक्स, फर्निचर, फुड स्टल, वित्तीय तथा शैक्षिक संस्थाहरूका प्रदर्शनी राखिनेछन्।

संघका अध्यक्ष तारामान सिरेङका अनुसार, महोत्सवबाट उठेको आम्दानी उर्लाबारीका व्यापारिक प्रतिष्ठानहरूमा आगलागी सुरक्षाका लागि (fire extinguisher refilling) खर्च गरिनेछ। साथै, स्थानीय व्यापारलाई प्रवर्द्धन गर्ने, स्वदेशी उत्पादनको बजारीकरण गर्ने, कृषि तथा घरेलु उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने उद्देश्य महोत्सवले राखेको छ।

महोत्सव स्थल उर्लाबारी नगरपालिका कार्यालयको दक्षिणपट्टि रहेको खाली जग्गामा आयोजना गरिँदैछ। हरेक दिन साँझ ५ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने रात्रीकालिन सांगीतिक कार्यक्रममा प्रवेश शुल्क १५० रुपैयाँ तोकिएको छ। महोत्सवको प्रमुख प्रायोजक आई जोन इन्टरनेट रहेको छ भने सह-प्रायोजकहरूमा पिएलओ लुब्रिकेन्ट्स, पेप्सी, टुवोर्ग, सोल्टी वेस्टइन्ड इटहरी, सिएट टायर्स, फोटन, मार्भेल लगायतका संस्थाहरू छन्।

उर्लाबारी उद्योग वाणिज्य संघका अनुसार महोत्सवको तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ, र आयोजकहरूका अनुसार यो महोत्सव उर्लाबारीको व्यापारिक तथा सांस्कृतिक उन्नतिमा कोशेढुंगा सावित हुनेछ।

 

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ