लेटाङमा लागू पदार्थ दुर्व्यसन र यौन दुर्व्यसन विरुद्ध अभियान सुरु

Letang Khabar शनिबार, फाल्गुण १०, २०८१

लेटाङ, १० फागुन । लेटाङ क्षेत्रमा पछिल्लो समय लागू पदार्थ दुर्व्यसन र यौन दुर्व्यसनका घटनाहरू बढ्दै गएका छन्। यस समस्यालाई न्यूनीकरण गर्न स्थानीय तहबाट अभियान सुरु गरिएको छ।

लेटाङका जेष्ठ नागरिक तथा बुद्धिजीवी बुद्धि चाम्लिङको अध्यक्षतामा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागितामा भरत राईको संयोजकत्वमा एक कार्य समिति गठन गरिएको छ। समितिले लागू पदार्थ दुर्व्यसन र यौन दुर्व्यसन नियन्त्रणका लागि कडाइका साथ विशेष अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।

लेटाङमा एचआईभी सङ्क्रमणको दर वृद्धि भएसँगै समुदायमा चिन्ता बढेको छ। होटल तथा अन्य ठाउँमा अवैध गतिविधिहरू सञ्चालन भइरहेको तथ्य सार्वजनिक भएसँगै यस्ता समस्याहरूलाई रोकथाम गर्न सचेतनामूलक कार्यक्रम आवश्यक रहेको औंल्याइएको छ।

संयोजक राईले नगरभित्रका सम्पूर्ण युवा तथा नगरवासीलाई सक्रिय रूपमा अभियानमा सहभागी हुन आह्वान गरेका छन्। उनले लागू पदार्थ दुर्व्यसन, यौन दुर्व्यसन तथा एचआईभी सङ्क्रमणले समाजमा पार्न सक्ने नकारात्मक प्रभावबारे जनचेतना फैलाउने कार्यलाई अभियानको प्राथमिकता रहने बताए।

समितिले सचेतनामूलक कार्यक्रमहरू, पुनर्स्थापना प्रयासहरू तथा स्थानीय प्रशासनसँग समन्वय गरी दुर्व्यसन न्यूनीकरणका लागि कार्य योजना अघि बढाउने जनाएको छ। विशेष गरी युवा पुस्तालाई लक्षित गर्दै सञ्चालन गरिने यो अभियान समाजका सबै पक्षको सहकार्यबाट मात्र प्रभावकारी रूपमा सफल हुने विश्वास गरिएको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ