लेटाङ खेलकुद महोत्सवः म्याराथनमा विवेक श्रेष्ठ र यानी मगर प्रथम

ईनेपालपत्र बुधबार, फाल्गुण ०७, २०८१

लेटाङ ७ फागुन।  लेटाङ खेलकुद महोत्सव अन्तर्गत बुधबार सम्पन्न १३ वर्ष मुनिको ३ किलोमिटर म्याराथनमा लेटाङ–५ का विवेक श्रेष्ठले छात्रतर्फ पहिलो स्थान हासिल गरेका छन्। गंगेचौकदेखि फायरलाइनसम्मको ३ किलोमिटर दूरी १२ मिनेट १३ सेकेन्डमा पूरा गर्दै उनले उपाधि जिते। लेटाङ–१ का विवेक मगर १२ मिनेट १९ सेकेन्डमा दौड समाप्त गर्दै दोस्रो भए, भने सोही वडाका समिल मगरले १२ मिनेट ५१ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान प्राप्त गरे। यस्तै, विराज लिम्बूले १३ मिनेट ३ सेकेन्डमा दौड पूरा गरी चौथो भए। छात्रतर्फको म्याराथनमा १३ वर्षमुनिका ५८ जनाले सहभागिता जनाएका थिए।

छात्रातर्फको म्याराथनमा लेटाङ–३ की यानी मगरले १३ मिनेट २८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम स्थान हात पारिन्। लेटाङ–९ की मिनाक्षी राई १४ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरी दोस्रो भइन् भने लेटाङ–५ की दीपशिखा राई १५ मिनेट १४ सेकेन्डमा दौड समाप्त गर्दै तेस्रो स्थानमा रहिन्। प्रीति राईले १६ मिनेट १० सेकेन्डमा दौड पूरा गर्दै चौथो स्थान हासिल गरिन्। छात्रातर्फको म्याराथनमा १८ जना प्रतियोगी सहभागी भएका थिए।

प्रतियोगितामा छात्र र छात्रा दुवै विधाका विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम हुनेले ८ हजार, दोस्रोले ५ हजार, तेस्रोले ४ हजार, र चौथो स्थान प्राप्त गर्नेले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ