प्रशान्त निरौला
लेटाङ २० वैशाख ।“सौन्दर्य कला सिकेर स्वस्थ्य र सुन्दर वनौ” “सिपमुलक तालिम लिएर स्वरोजगार वनौ” भन्ने नारा सहित लेटाङमा ३ महिने व्युटिपार्लर सम्वन्धी तालिम सुरु भएको छ । लेटाङ नगरपालिकाको आयोजनामा भएको तालिममा १५ जना लेटाङका महिलाहरुको सहभागिता रहेको छ ।
तालिममा लेटाङ नगरपालिकाका ९ वटै वडावाट एकएक जना र वाकी ३ र ४ वटाका महिलाको सहभागिता रहेको सो तालिमकी संयोजक ईन्दु चौधरीले जानकारी दिईन । उक्त तालिम लेभल १ को भएको र तालिम पश्चार १५ जना महिला दक्ष हुने र उनिहरुले व्यवसायिक रुपमा काम सुरु गर्ने पनि लेटाङ नगरपालिकाकी कार्यपालिका सदस्य गंगामाया तामाङले जानकारी दिईन ।
१५ जना प्रशिक्षार्थीहरुलाई ३ महिना सम्मको तालिम दर्पण व्युटि पार्लरमा उक्त पार्लरकी डाईरेक्टर दमयन्ती सुव्वा र ड्रिम व्युटि पार्लरमा सो सस्थाकी डाईरेक्टर सपना राईले प्रशिक्षण दिनेछिन् । आजवाट सुरु भएको तालिम साउन २० गते सकिने तालिमकी संयोजक ईन्दु चौधरीले जानकारी दिईन ।