काठमाडौं, २० साउन । काठमाडौंमा उद्घोषण तथा भाषण कला र रेडियो टेलिभिजन सम्बन्धि ७ दिने तालिम हुने भएको छ । काठमाडौंमा मिडिया सम्बन्धी काम गरिरहेको युनिग्लोब कम्युनिकेशनले आगामी हप्ताबाट ७ दिने तालिम सञ्चालन गर्न लागेको हो । व्यक्तिको सीप अभिवृद्धिका साथै व्यक्तित्व विकासमा पनि सहयोग पुग्ने उदेश्यले आयोजना गर्न लागिएको उक्त तालिम अनलाईन तथा भौतिक कक्षा दुवै माध्यमबाट सञ्चालन हुनेछन् । तालिम लिनका लागि निश्चित शुल्क पनि तोकिएको युनिग्लोबले जनाएको छ ।
अहिलेको प्रतिस्पर्धात्मक समयमा आफनो कुरा सबैको सामु अगाडि राख्न र नसक्दा पछि परिरहेको अवस्थामा यो तालिमले यो समस्यालाई हटाउन मद्त हुने र मिडियाको क्षेत्रमा काम गर्न चाहनेहरुका लागि यो राम्रो माध्यम हुने छ । तालिममा उत्कृष्ट हुने लाई विभिन्न अवसर पनि प्रदान गरिने तालिमकी प्रशिक्षक सञ्चारकर्मी मनिषा भण्डारीले बताएकी छन् ।
अनौपचारिक रुपमा आफ्ना भावना र विचार अरुसँग अभिव्यक्त गरे पनि औपचारिक रुपमा धेरैजनाको अगाडी निडर भएर विचार व्यक्त गर्न असहज लाग्ने गर्दछ । मान्छे सामाजिक प्राणी भएकाले कुनै न कुनै रुपमा समाजिक काममा जोडिएको हुन्छ । समाजमा रहँदै गर्दा आयोजना गरिने भेला, गोष्ठी, सभा, समारोह लगायतका औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुको व्यवस्थित सञ्चालन गर्नु आवश्यक हुन्छ । यस्ता कार्यक्रमको सञ्चालनलाई व्यवस्थित, आकर्षक र शिलशिलाबद्ध बनाउनका लागि उद्घोषणकला भएको व्यक्तिको आवश्यकता पर्दछ । यही आवश्यकतालाई दृष्टिगत गरी उद्घोषण तालिम सञ्चालन गर्न लागेको बुझिएको छ ।
सञ्चारका औपचारिक तथा अनौपचारिक माध्यमहरुको संख्या र दायरा बढिरहेको आजको समयमा सञ्चार माध्यमको प्रस्तुती र सञ्चालनका लागि सीपयुक्त दक्ष जनशक्तिको आवश्यकता मिडिया क्षेत्रमा रहेको नै छ । यो आवश्यकतालाई पुरा गर्दै रोजगारी प्राप्त गर्नका लागि यो तालिमले सहयोग पुर्याउने युनिग्लोब कम्युनिकेशनका अध्यक्ष विष्णु खनालले बताएका छन् ।