लिटल फ्लावर बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशित: विद्यार्थीहरूको सृजनात्मकता र सिपको भव्य प्रदर्शन

Letang Khabar आइतबार, साउन २०, २०८१

लेटाङ, २० साउन । लेटाङ नगरपालिका वडा नं। ५ स्थित लिटल फ्लावर बोर्डिङ स्कुलले प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गरेसँगै विद्यार्थीहरूको सिर्जनात्मक, प्रयोगात्मक तथा योजनात्मक कार्यको भव्य प्रदर्शन सम्पन्न गरेको छ।
विद्यालयले विद्यार्थीहरूको सैद्धान्तिक मात्र नभई व्यवहारिक शिक्षामा समेत जोड दिँदै विभिन्न सिप विकास गर्ने उद्देश्यले कार्यहरू प्रदान गरेको थियो। यस अवसरमा विद्यार्थीहरूले विज्ञान, प्रविधि, सेन्सर मेसिन, नेपालको वास्तुशैली, कम्प्युटर, गणित, माटोका परम्परागत प्रविधि, पञ्चेबाजा, स्थानीय कला सिप, ऐतिहासिक पुरातात्विक कलात्मक प्रतिमाहरूको अद्भुत प्रदर्शन गरेका थिए।
विद्यालयका संस्थापक निर्मल देवकोटा भन्छन्, ूविद्यार्थीहरूको सिर्जनशीलता र सिप विकासमा यस्ता कार्यक्रमहरू महत्वपूर्ण छन्। हामीले उनीहरूको क्षमता अभिवृद्धि गर्न विभिन्न व्यवहारिक गतिविधिहरूको आयोजना गरेका हौं। हाम्रो उद्देश्य मात्र परीक्षामा राम्रो अंक ल्याउनु होइन, उनीहरूलाई जीवनोपयोगी सिपहरू प्रदान गर्नु हो।ू
यस कार्यक्रमले विद्यालयको प्रतिष्ठा अझै उचाइमा पुर्याउने विश्वास गरिएको छ। लिटल फ्लावर बोर्डिङ स्कुलले आफ्नो परम्परागत शिक्षण पद्धतिलाई परिमार्जन गर्दै, विद्यार्थीहरूको बहुआयामिक विकासमा ध्यान दिन सफल भएको छ।
यस्ता कार्यहरू निरन्तरता दिएमा विद्यार्थीहरूले न केवल शैक्षिक उत्कृष्टता हासिल गर्नेछन्, बरु समाजमा योगदान दिने सक्षम नागरिकका रूपमा पनि अघि बढ्नेछन्।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ