आगामी अक्टोबरमा भर्जिनियामा दशैं तिहार फेस्टिवल २०२४ हुने

Letang Khabar मंगलबार, साउन ०८, २०८१

काठमान्डौ,८ साउन । DTFEST 2023 को अपार सफलता पछि नेपालीहरूको महान पर्व दशैं तिहार २०२४ (DTFEST 2024) हुने भएको छ । 3E Entertainment द्वारा हुन लागेको उक्त फेस्टिबल ५ अक्टोबर २०२४ मा प्रिन्स विलियम काउन्टी फेयरग्राउन्ड्स, (10624) डुम्फ्रिज रोड, मनासस, (VA20212) मा हुदैँछ ।
नेपाली संस्कृति, कला, संगीत, खाना, र हस्तकलालाई संरक्षण र प्रवर्धन गर्ने उदेश्यले हुन लागेको हो। नेपाली संस्कृति झल्काउने संगीतिक नेपाली समुदायको सबैभन्दा ठूलो महोत्सव हुने आयोजकको भनाइ छ।वाशिङ्टन डीसी मेट्रो क्षेत्रमा नेपाली समुदाय भित्र व्यावसायिक घटनाहरू व्यवस्थापनमा दुई दशक भन्दा बढीको अनुभवसहित, यस तेस्रो संस्करणलाइ अझ सफल पार्न प्रतिबद्ध रहेको आयोजक रोशन पुरी बताउँछन्।
यस फेस्टिबलमा सहभागीहरूले रोमाञ्चक गतिविधिहरू, प्रदर्शनी, चर्चित कलाकारहरुको वेजोड प्रस्तुति साथै र आकर्षणहरूको आनन्द लिन सक्नेछन। यस्तै विभिन्न प्रदर्शन र प्रत्यक्ष प्रदर्शनहरू मार्फत नेपालको समृद्ध कलात्मक सम्पदा अवलोकन गर्दै स्वादिष्ट खाना र पेय पदार्थहरू विभिन्न विक्रेताहरूबाट परम्परागत नेपाली भोजनको स्वाद लिन सकिनेछ।
कार्यक्रमको बिषयमा थप जानकारीका लागि आधिकारिक वेबसाइट WWW.dtfest.com मा हेर्न सकिने छ

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ