पर्यटकलाई स्कुटरमा लेडिज गाइडले घुमाउने

Letang Khabar बुधबार, बैशाख १९, २०७५

धरान। करिब दुई बर्षअघि धरानको प्रमुख ९ वटा पर्यटकीय गन्तव्यको रुपमा छनौट गरिएको नाइन पोइन्टमा पर्यटकहरुलाई घुमाउन लेडिज स्कर्ट तयार गरिएको छ।

पर्यटनको क्षेत्रमा सक्रिय सेक्ष ट्राभलिङ तथा होटल सेक्षले नयाँ प्रयोगको रुपमा ६ जना युवतीलाई स्कर्टकोरुपमा तयार गरेको हो। ती युवतीहरुले स्कुटरमा इञ्छुक पर्यटकलाई नाइन पोइन्टमा घुमाउन लैजानेछन्। पर्यटनको भाषामा यसलाई स्कर्ट भनिन्छ।

‘गाइड फरक फरक खालको हुन्छ, हामीले स्कर्ट गाइड तयार गरेको हौं,’सेक्ष ट्राभलिङकी प्रबन्ध निर्देशक एलिना मगरले भनिन्,‘यो एक पर्यटक एक गाइडको अवधारणा हो, पर्यटकलाई स्कर्टिङ गर्दै स्कुटरमा गन्तव्यस्थलमा घुमाउने हो।’ सामान्यतया पर्यटन क्षेत्रमा १५ जना बराबर एक गाइड उपलब्ध गराउने चलन छ। सेक्षले भने नयाँ प्रयोगको रुपमा एक पर्यटक, एक गाइडको अवधारणा अघि सारेको हो।

धरानका पर्यटनकर्मी तथा सरोकारवालाहरुको वृहत छलफल पछि २ बर्षअघि पर्यटकलाई घुमाउन नाइन पोइन्ट छनौट गरिएको थियो। जसमा विजयपुर गढीस्थित बुढासुब्बा, पिण्डेश्वर, दन्तकाली, बीपी प्रतिष्ठान, निर्वाणा गल्फ कोर्ष, शनि मन्दिर, गीता मन्दिर, घण्टाघर र स्कोन मन्दिर पर्छन्। धरानको पर्यटनको प्रडक्टको रुपमा प्रचार गरिए पनि यहाँका पर्यटनकर्मीहरुले प्याकेजकोरुपमा यी स्थानहरुको प्रर्वद्धन भने गर्न सकेनन्। गाइडको रुपमा तालिम लिएका ६ युवतीहरुले अब पर्यटकहरुलाई स्कुटरमा राखेर ती नाइन पोइन्टमा घुमाउने छन्। यसवापत पर्यटकले मात्र एक हजार शुल्क तिर्नुपर्नेछ।

‘धरानको पर्यटनको सशक्त पक्ष वा प्रडक्ट भनेको धार्मिक पर्यटन हो, यहाँका पौराणिक कथा हो। त्यस्तै धरानले ग्लामर सिटिको पहिचान कमाएको छ,’ सेक्ष सम्बद्ध पर्यटनकर्मी वासुदेव वरालले भने, ‘हामीले यो दुईटैलाई धरानको पर्यटनमा फ्युजन गरेर नयाँ प्रडक्ट बनाउन खोजेका हौं।’

सेक्षले लेडिज स्कर्टकोरुपमा धरानकी साञ्चेस सुब्बा, इसा श्रेष्ठ, शोभा सुवेदी, रुपा राई, निलम खड्का र दुर्गा मगरलाई तयार गरेको हो। उनीहरु विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरु हुन्। परिवारसँग अनुमति लिएर आएपछि सेक्षले उनीहरुलाई तालिम दिएको थियोे। ‘शुरुमा सबैलाई ओरिन्टेशन गरायौं। काम र कन्सेप्टको बारेमा बतायौं। काम गर्दा हुने चुनौतीहरु देखायौं, कन्भिन्स भएपछि मात्र नाइट पोइन्टमा लगेर प्राक्टिकल गरायौं,’ बरालले भने।

पर्यटनकर्मी बरालको भनाईमा धरान फेशन र ग्लामरको शहरको रुपमा मात्र चर्चामा रह्यो। यहाँका युवतीहरु डान्स पार्टी, फेशन शो तिर बढी आकर्षित छन्। स्कोप भएर पनि पर्यटन क्षेत्रमा धराने युवतीहरुको आकर्षण एवं सक्रियता ज्यादै कम छ। ‘यहाँका युवतीहरु बोल्ड र फरवार्ड हुन्छन्, तर उनीहरु पर्यटनमा आकर्षित छैनन्।

हाम्रो यो अवधारणाले ती युवतीहरुलाई पर्यटनमा आकर्षित गर्छ, यसमा पनि भविष्य छ भन्ने देखाउछ,’ बरालले भने, ‘धरानको पर्यटनले गाइडको अभाव झेलिरहेको छ, त्यो अभावलाई पनि पुर्ति गर्छ।’ केही समयअघि पर्यटन बोर्डले धरानमै गाइडको तालिम दिएपनि अहिलेसम्म गाइडले पर्यटकलाई घुमाउने व्यवस्था थिएन।

काम गर्न उत्साहित छौं : लेडिज गाईड

समिट बोर्डिङ स्कुलमा प्लस टुमा टुरिज्म लिएर पढ्दै गरेकी धरान १९ की साञ्चेस सुब्बालाई आफूले पढेको बिषयसँग सम्बन्धित भएकोले पनि उत्साहित छिन्। मंगलबार धरानका सञ्चारकर्मीलाई स्कुटरमा राखेर नाइन पोइन्ट घुमाउन लैजादाको अनुभव सुनाउदै उनले भनिन्, ‘हामीले जानेसम्म नाइन पोइन्टबारे बताउन खोज्यौं, हामीलाई पनि धेरै कुराहरु सिक्ने मौका पायौं। खुशी, र उत्साहित छौं।’ अाजकाे नागरिक दैनिकमा समाचार छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ