विराटनगर ,१९ वैशाख । विराटनगर–८ हाटखोलमा रहेको शुसिक्षा निकुन्ज आधारभुत विद्यालयले आज विद्यार्थीहरुलाई निशुुल्क पुस्तक वितरण गरेको छ ।
विद्यालयमा आज एक कार्यक्रमको आयोजनागरी कक्षा–१ देखि ८ सम्मको विद्यार्थीलाई पुस्तक वितरण गरेको हो । सैक्षिक शत्र शुरु भएसंगै विद्यार्थीलाई पुस्तक वितरण गरेको हो ।
विद्यार्थीहरुलाई विद्यालय श्रोत व्यक्ती विष्णु लामिछाने , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर दाहाल, पत्रकार महासंघका उपाध्यक्षद्वय कुमोद अधिकारी र सुशिला पाठक तथा पत्रकार धिरज दाहालले सयुक्त रुपमा पुस्तक वितरण गरेका थिए ।
विद्यालयमा ३ सय ३५ जना छात्रछात्रा अध्यनरत छन् । सोही अवसरमा सामाजसेवी सालिग्राम पोखरेललेले विद्यालयलाई २५ हजार रुपैया सहयोग प्रदान गरे ।
नेपाल सरकारको विद्यालय भर्ना अभियान कार्यक्रम अन्र्तगत पुस्तक वितरण गरिएको विद्यालयका शिक्षक चक्रप्रसाद पोखरेलले वताए । अती विपन्न र सिमान्तकृत वालवालिका अध्यन गर्दै आएको सो विद्यालयमा विद्र्याथिहरुको आवश्यकता अनुसार एक सेट पुस्तक वितरण गरिएको शिक्षक पोखरेलको भनाई छ । प्राप्त २५ हजार रकम विद्यालयको फर्निचनका लागी खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर दाहालले वताए ।