खोप लगाउन घरघरमा निमन्त्रणा

इनेपालपत्र बिहिबार, फाल्गुण १०, २०८०

नेपालगन्ज, १० फागुन । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुरा तथा रुबेला खोप लगाउन घरघरमा निमन्त्रणा कार्ड बाँडिने भएको छ । उपमहानगरपालिकास्तरीय खोप समन्वय समितिको आज भएको बैठक तथा अभिमुखीकरणमा पालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले सो जानकारी दिनुभएको हो ।

उपमहानगरपालिकाको वडावडामा स्वयंसेविकामार्फत निमन्त्रणा कार्ड बाँडेर बालबालिकालाई खोपको पहुँचमा ल्याइने जानकारी दिँदै उहाँले खोप लगाउनका लागि धार्मिक समूह र सीमान्तकृत समुदायसँग अन्तरक्रिया गरिने जानकारी दिनुभयो । नेपालगन्ज सहरका घना बस्ती, सुकुम्बासी बस्ती, उद्योग तथा कारखाना, बालमन्दिर, अनाथ आश्रम, इँटाभट्टा अन्तरदेशीय सीमा, बसपार्कजस्ता ठाउँमा पनि खोपको पहुँच बढाइने उपमहानगरपालिकाले जनाएको छ ।

महाशाखा प्रमुख चन्दले खोप लगाउन छुट भएका समुदाय, वर्ग र स्थानको पहिचान गरी प्रभावकारी रुपमा खोप अभियान सञ्चालन हुने उल्लेख गर्दै अहिलेसम्म पालिकामा चार प्रतिशतले खोप नलगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले खोप लगाउने तर पछिल्ला खोप निरन्तर नलगाउने समस्या बढ्दै गएको पाइन्छ ।”

नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक प्रमुख कमरुद्दिन राईले खोप अभियानलाई प्रभावकारी बनाउन यसका अवरोध हटाउन आवश्यक भएको बताउनुभयो । स्वास्थ्य कार्यालय, बाँकेका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले खोप अभियानलाई विद्यालय केन्द्रित गरिएको जानकारी दिँदै विद्यालयमा पहँुच नभएकालाई उमेर समूहका हिसाबले खोप लगाउने बताउनुभयो । यही फागुन १३ देखि १९ गतेसम्म उपमहानगरमा नौ महिनादेखि १५ वर्षसम्मका ४२ हजार दुई सय ७० बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । सरकारले सन् २०२६ सम्ममा दादुरा रुबेला रोग निवारणको लक्ष्य राखेको छ ।

खोप अभियान प्रभावकारी नभएका कारण अघिल्लो वर्ष नेपालगन्जमा दादुराको महामारी देखिएको थियो । सो महामारीबाट तीन सय १९ जना सङ्क्रमित भएका थिए भने एकजनाको मृत्यु भएको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ