बिरामीको मृत्युपछि मोरङको लेटाङमा तनाव, मेडिकलअगाडि शव राखेर प्रदर्शन

लेटाङ खबर मंगलबार, भाद्र २६, २०८०

विराटनगर, २६ भदौ। बिरामीको मृत्यु भएको विषयलाई लिएर मोरङको लेटाङमा मंगलबार दिउँसोदेखि तनाव भएको छ।

मेडिकलअगाडि मृतकको शव राखेर दिउँसो २ बजेदेखि आफन्त र स्थानीयले प्रदर्शन गरिरहेका छन्। लेटाङ नगरपालिका-४ की ३० वर्षीया विना भनिने विनिता तामाङको मृत्यु भएको विषयलाई लिएर अवस्था असामान्य बनेको हो। बिरामी परेपछि तामाङलाई उपचारका लागि परिवारका सदस्यले भदौ २२ गते शुक्रबार लेटाङ-४ कै जनप्रिय मेडिकलमा लगेका थिए।

सामान्य उपचार गराएर घर फर्काइएकी उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि परिवारका सदस्यले सोमबार पुनः सोही मेडिकलमा पुर्‍याएका थिए। बिरामीको स्वास्थ्य खराब रहेको भन्दै मेडिकलले सुविधा सम्पन्न अस्पतालमा लैजानु भनेर रेफर गरिदिएको थियो। तामाङलाई थप उपचारका लागि सोमबार साँझ विराटनगरको विराट नर्सिङ होममा भर्ना गरियो।

उपचारकै क्रममा मंगलबार बिहान ६ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। आफन्त र परिवारका सदस्यले भने शव लगेर मेडिकलअगाडि राख्दै प्रदर्शन र नाराबाजी गरिरहेका छन्। मेडिकल सञ्चालकलाई कारबाही हुनुपर्ने माग उनीहरूको छ। मेडिकल तोडफोडको प्रयाससमेत भएको प्रहरीले जनाएको छ।

समयमै रोग पत्ता नलगाएको र उपचारका नाममा झुलाउने काम गरेको भन्दै आफन्त एवं परिवारका सदस्य मेडिकल प्रति आक्रोसित बनेका हुन्। करिब २ सयको संख्यामा भेला भएको भीडले मेडिकल विरुद्ध नाराबाजी गर्दै कारबाहीको माग राखेर प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ।

स्थितिलाई नियन्त्रणमा लिन र अवस्था थप तनावग्रस्त हुन नदिन इलाका प्रहरी कार्यालय लेटाङ, पथरी एवं बेलबारीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

विराटनगरबाट समेत थप मद्धतका लागि प्रहरी पठाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। स्थिति थप तनावपूर्ण हुन नदिन आक्रोसित भीडलाई सम्झाई बुझाई गर्ने काम भइरहेको उनले बताए।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ