प्रेस युनियन मोरङकाे उपाध्यक्षमा लेटाङका प्रशान्त निराैला निर्वाचित

बेदराज पाैडेल बने अध्यक्ष

ईनेपालपत्र आइतबार, साउन १४, २०८०

बिराटनगर, १३ साउन । नेपाल प्रेस यूनियन मोरङको नेतृत्व परिबर्तन भएको छ । शुक्रबार भएको निर्वाचनले बेदराज पौडेलको नेतृत्वमा समिति चयन गरेको छ ।

बिराटनगरमा सम्पन्न निर्वाचनबाट संस्थापन इतर समूहका पौडेलले झिनो मतको अन्तरले संस्थापन समूहका सुशिला पाठकलाई पराजित गरेका हुन । पौडेलले ६७ र पाठकले ६१ मत प्राप्त गरेका हुन् । खुल्ला उपाध्यक्ष तर्फ पौडेल समूहका प्रशान्त निरौला निर्वाचित भए । निरौलाले ६७ मत प्राप्त गरी विजयी भए भने संस्थापन समूहका जितेन्द्र नारायण ठाकुर ५० मत प्राप्त गरी पराजित भए ।
समावेशी उपाध्यक्ष तर्फ संस्थापन समूहका दिलिप अग्रवाललाई पराजित गरेर पौडेल समूहका सोनुकुमार दास निर्वाचित भए । दासले ७५ र अग्रवालले ५३ मत प्राप्त गरेका थिए । सचिवमा पौडेल समूहबाट गोपाल पोखरेल निर्वाचित भए । ८४ मत ल्याएर पोखरेल निर्वाचित हुँदा ४३ मत ल्याएर संस्थापन समूहका धिरज दाहाल पराजित भए । कार्यसमितिको अधिकांश पदमा पौडेल समूहले सानदार जित निकालेका छन् ।
नयाँ नेतृत्वले सबैलाई समेटेर प्रेस युनियनलाई एकढिक्का बनाउने समेत बताएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ