लेटाङ , १८ असार । लेटाङमा राष्ट्रिय स्वतन्त्र पार्टी,(रास्वपा)ले संगठन निर्माणमा तिब्र गति दिएको छ । राष्ट्रीय स्वतन्त्र पार्टिका लेटाङ नगर सभापती भक्त बहादुर सुबेदीका अनुसार वडा समिती बिस्तार गर्ने क्रममा आईतबार वडा नं. ३ र ४ को समिती गठन भएको हो ।
वडा नं. ३ को वडा सभापतिमा सुनिल श्रेष्ठ उपसभापतीमा सरला श्रेष्ठ , सचिब नितेश निरौला
सदस्यहरु रबिन खनाल,दिपक घिमिरे ,फडिन्द्र ढुङ्गेल,मुक्तिनाथ दाहाल,कबु काफ्ले चयन हुनुभएको छ ।
यस्तै वडा न.४ को सभापतीमा दौलत राई,उप-सभापतीमा सृष्टि लामा,सचिव चन्द्र श्रेष्ठ सदस्यहरु सम्भव पाख्रीन लामा,बिमल श्रेष्ठ,बिराज राई,अनिल कुमार जैरु,उमेश श्रेष्ठ चयन हुनुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टिले लेटाङ नगरपालिका ५ , २ वडामा समेत समिती बिस्तार गरिसकेको नगर सभापति सुबेदिले जानकारी दिनुभयो । बाँकी रहेका वडामा समेत समिती बिस्तार चाडै हुने उहाँले जानकारी दिनुभयो ।