पढाईलाई सहयोग गर्न अभियान सुरु गरेको छु : विद्यार्थी नेता दाहाल

हाम्रो समाचारदाता शुक्रबार, आषाढ १५, २०८०

नेपाल विद्यार्थी संघ लेटाङ क्याम्पस ईकाइ समितिका सचिव तथा गएको स्ववियु निर्वाचनमा नेवि संघको तर्फवाट सभापतिको उमेद्वारको रुपमा रहनुभएका लेखनाथ दाहाल युवा तथा विद्यार्थी माझ चिर परिचित हुनुहुन्छ ।
लगनशिल तथा ईमान्दार साथै प्रस्ट बक्ताको रुपमा छवि बनाउनुभएका दाहालले भर्खरै लेटाङ क्याम्पसामा अध्ययनरत विपन्न विद्यार्थीहरुका लागि आर्थिक स्रोतको ब्यवस्थापन गर्ने हुनुभएको छ । आर्थिक अवस्था कम भएर पढ्न नपाएका विद्यार्थीहरुका लागि श्रोतको ब्यवस्थापन गर्ने भएपछि उहाँको प्रसंसा हुन थालेको छ । यहि विषयको सेरेफेरोमा रहेर हामीले दाहाल संग कुराकानी गरेका छौ । प्रस्तुत छ उहाँ संगको कुराकानी ।
१.स्वागत छ यहाँलाई
 धन्यवाद हजुर अनि हजुरको यो महत्वपुर्ण संचार संस्थालाई ।
२. लेटाङ क्याम्पसको अवस्थाका वारेमा भनिदिनुस न ।
लेटाङ क्याम्पस एक विकासोन्मुख सहरको मुख्य सम्पतीको रुपमा रहेको छ । यहाँ लेटाङ सहित वाहिरका समेत विद्यार्थी अध्यय्न गर्न आउनुहुन्छ । यस क्याम्पसमा ब्यवस्थापन र शिक्षा संकायमा अध्यापन हुन्छ । क्याम्पस निर्माणकै चरणमा समेत रहेको छ । यहाँ भर्खरै क्याम्पस हाता भित्र क्यान्टिन बनेको छ भने संचालनमा आउन बाकीँ छ । क्याम्पसमा १२ जना प्रध्यापकहरुले अध्यापन गराउनुहुन्छ । ४ जना कर्मचारीले क्याम्पससमा काम गर्नुहुन्छ भने करिब ४०० विद्यार्थी अध्यय्न हुनुहुन्छ । यस क्याम्पसमा निम्न आर्थिक अवस्था भएका विद्यार्थीहरुको समेत उल्लेख्य संख्या रहेको छ । यसले गर्दा विद्यार्थीलाई आर्थिक ब्यवस्थापन गर्ने वाध्यत्मक परिस्थितीले अध्यय्नमा बाधा पुगेको मेरो ठम्याई रहेको छ ।
३. विपन्न विद्यार्थीलाई आर्थिक ब्यवस्थापन गर्ने घोषणा गर्नुभयो यसको बारेमा प्रष्ट्याईदिनुस न ।
लेटाङ एक भर्खरै विकास हुदैँ गरेको शहर हो । यस क्षेत्रमा सामान्य आर्थिक अवस्था भएका परिवारको बसोवास रहेको छ । लेटाङ क्याम्पसमा निम्न आयस्रोत भएका परिवार वाट धेरै विद्यार्थी साथीहरु पढ्नका लागि आउनुहुन्छ । धेरै विद्यार्थी साथिहरु क्याम्पसको मासिक शुल्क तिर्न नसक्ने अवस्थामा हुनुहुन्छ । यसकारण विद्यार्थीलाई आर्थिक स्रोतको अभावमा क्याम्पस छाड्न वा अध्ययनलाई निरन्तरता दिन नसक्ने भएका कारण मैले आर्थिक ब्यवस्थापन गरेर साथीहरुलाई पढ्ने वातावरण श्रृजना गर्न खोजेको हुँ ।
४. तपाई आफै विद्यार्थी हुनुहुन्छ आर्थिक श्रोत कसरी जुटाउनुहुन्छ ?
हो म आफै विद्यार्थी पनि हुँ । म समेत सामान्य परिवारको विद्यार्थी हुँ । मैले विद्यार्थीको समस्या आफै भोगेको छु । मैले आर्थिक श्रोत जुटाउनका लागि धेरै संग छलफल गरेर यो काम गरिरहेको छु । पहिलो कुरा त क्याम्पस संग यस विषयमा छलफल भएको छ । नियमित छात्रबृतिको कार्यक्रम वाहेक अधिकतम विद्यार्थीहरुलाई आर्थिक सहायता गर्ने भनेर यो अभियानमा छु । त्यस्तै सामाजिक क्षेत्रका अगुवा तथा विद्यार्थीहरुलाई सहयोग गर्न चाहानेहरु समेत म मार्फत विद्यार्थीलाई आर्थिक सहयोग गर्न चाहाने हुनुहुन्छ यसले गर्दा समेत अधिकतम साथीहरुलाई आर्थिक ब्यबस्थापन गर्न सकिन्छ भनेर यो अभियानमा लम्किरहेको छु ।
५ अन्त्यमा केही भन्न चाहानुहुन्छ ?
सर्वप्रथम तपाई र तपाईको मिडियालाई धन्यवाद दिन चाहान्छु । म सधै विद्यार्थीको हकहितमा लागिरहने भएकाले हरेक समय विद्यार्थीका समस्यामा हुनेछु । समस्यामा रहनुभएका साथीहरुले म संग सम्पर्क गरिदिन समेत आग्रह गर्दछु । धन्यवाद ।

 

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ