अष्ट्रेलियाबाट तिन लघु चलचित्र सार्वजिनक

हाम्रो समाचारदाता बिहिबार, आषाढ १४, २०८०

अष्ट्रेलिया, १४ असार । संसारमा देश होस कि घर, समाज होस कि परिवार त्यसको अगुवाको मनोविज्ञानले धेरै राम्रा पनि कुरा भएका छन् । धेरै नराम्रा पनि कुराभएका छन् । विगतमा हाम्रो समाजमा फलानो ज्ञानी, फलानोको मानसिक सन्तुलन विग्रेको सम्म भन्यो सक्यो हुन्थ्यो । तर अहिले मानसिक स्वास्थ्यलाई पनि महत्व दिन थाले पछि त्यसले धेरै मनोविज्ञानमा देखिने समस्याहरुको उपचार सहज भएको छ ।

कथामा अभिनयमा समेत दुरुस्तै उतारेका केशीले पहिलो भिडियोमा भविष्य वाणी गर्न सक्ने क्षमताबारेमा देखाउने प्रयास गरेका छन् ।मनोविज्ञानमा आधारित भिडियो मध्यको दोस्रोमा अपराधिक वाल मनोविज्ञानलाई देखाउन खोजेका छन् । जसको वच्चा देखिकैमनोविज्ञानले ठुलो भए पछि पनि परिवार भित्रै भाउजु माथीको हिंसालाई देखाईएको छ ।

त्यसै गरि तेस्रो कथामा प्रेमीका संगको विकृत प्रेमलाई देखाउन खोजेका छन् । जसमा एक युवकले प्रेमीकालाई खुशी देख्न साथीकैहत्या गर्छ । अन्धो प्रेमले मिल्ने साथीको हत्या गरेर कथा समाप्त हुन्छ ।

निजम केशी फिल्मस(Nizam KC Films)ले निर्माण गरेको उक्त तीन लघु चलचित्र संग्रहको एउटा कथा नेपाल र दुइबटा कथाअष्ट्रेलियामा छायांकन गरिएको छ । जसको कथा लेखन र निर्देशन समेत केशीले नै गरेको छन् । चलचित्र युट्युवमा उपलब्ध रहेको छ ।

केसी नेपाालमा लेटाङका वासिन्दा  हुन् ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ