केरावारी , २० जेठ । शुभ खानेपानीको इन्टेक संरक्षणका लागि शुपाडे खोल्छीमा निर्माणाधिन अवस्थामा रहेको इन्टेकको पूर्वाधार संरक्षण र दिगो व्यवस्थापनका लागि सयौंको संख्यामा जेष्ठ २० गते शनिबार केराबारीमा श्रमदान महाअभियान सुरु गरिएको छ ।
श्रमदान महाअभियानमा गाउँपालिका अध्यक्ष सुमन मगर, उपाध्यक्ष मनमाया मगर,सहित वडाध्यक्ष जनप्रतिनीधि समाजसेवी राजनीतिक दलका प्रतिनीधिहरु सहित सामाजिक संघसंस्थामा आवद्ध स्थानीय सयौं नागरिकहरुले सहभागिता जनाएका छन् ।