ब्यवस्थित बाख्रा वजार सुरु

हाम्रो समाचारदाता शनिबार, जेठ २०, २०८०

लेटाङ, २० जेठ । बाख्रापाल व्यवसायको हवको रुपमा रहेको लेटाङमा ब्यवस्थित बाख्रा वजारको सुरुवात गरिएको छ । अव्यवस्थित रुपमा सडकलाई नै असर पुर्याउने गरि संचालन भईरहेको लेटाङ ३ सिरान बाख्रा बजारलाई कम्पाउन्ड भित्र सुरु गरिएको छ ।

सडकनै अबरुद्ध हुने गरि संचालन भईरहेको वजारलाई ब्यवस्थित गरेर कम्पाउन्ड भित्र वाट लगाउन सुरु गरिएको लेटाङ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष डम्वर राईले जानकारी दिनुभयो । यो आर्थिक बर्षमा वडाले बजार रहने भागलाई घेरावारा गरेर ब्यवस्थि बनाउने काम गरिएको राईले जानकारी दिनुभयो । उहाँले आउने दिनमा वजारलाई उत्तरी मोरङकै नमुना बजार बनाउने प्रयासमा रहेको समेत जानकारी दिनुभयो ।

बाख्रा वजारलाई ब्यवस्थीत गर्नको लागि लेटाङमा क्रियाशिल रहेको ब्यवसायिक महिला बाख्रापालन समुहले समेत ठुलो भुमिका खेलेको छ । उक्त संस्थाले समेत उक्त वजारमा भवन तथा टहरा निर्माण गरेको छ ।खसिबाख्रालाई तौलेर विक्रि गर्नका लागि सम्पुर्ण आवश्यक उपकरण समेत जोहो गरेको छ । नगरपालिका संग समन्वय गरेर चाडै नै तौलेर बाख्रा किनबेच गर्ने योजना रहेको उक्त सहकारीकी अध्यक्ष दिलमायाँ तामाङ(राई)ले वताउनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ