रुख काट्ने अनुमति नदिदा पथरी-जाँते-ज्यामिरे सडक अलपत्र

लेटाङ खबर बिहिबार, फाल्गुण ०४, २०७९

भिमराज अधिकारी,
लेटाङ ४ फागुन । पथरी–जाँते–ज्यामिरे सडकमा पर्ने जंगल क्षेत्रका रुख कटानको अनुमति नदिदा सडक अलपत्र परेको छ ।

२०७६ साल मंसिर २३ गते तत्कालिन मुख्य मन्त्री शेरधन राईले सो सडकको सिलान्यास गर्नुभएको थियो । राईले सिलान्यासका क्रममा दुईवर्ष भित्रमा सडक निर्माण सम्पन्न गर्ने प्रतिवद्धता गर्नुभएको थियो तर अहिलेसम्म पनि सडक जस्ताको त्यस्तै रहेको लेटाङ ९ का भिम बहादुर बोहोराले बताउनुभयो ।

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत ७२ करोड ५० लाखमा सो सडकको टेण्डर आवहान भएको थियो । सडक निर्माणका लागि श्री श्रेष्ठ कन्ट्रक्सन कम्पनी काठमाण्डौले २०७८ असोज मसान्त भित्रमा काम सम्पन्न गर्नेगरी ५४ करोड ४८ लाख ४५ हजार १२५ रुपैँयामा सम्झौता गरेको थियो । काम सम्पन्न गर्ने मिति भन्दा १७ महिना बढि वितिसक्दा पनि सडक अलपत्र रहेको छ ।

पथरी देखि ज्यामिरेसम्म १९.६ किलोमिटर सडकको जाँते गाउँ क्षेत्र करिब तीन किलोमिटर मात्रै कालोपत्रे भएको छ । २२ फुट चौडाइ, ५० एमएमको मोटाइमा अक्सपाल्ट प्रविधिमा निर्माण गर्नुपर्ने सडकको जंगल क्षेत्र अलपत्र परेको हो । सडक निर्माणका लागि जंगल क्षेत्रमा रहेका रुखहरू कटान गर्ने आदेश नआउदा सडक अलपत्र परेको पूर्व वडा सदस्य इन्द्र ढकालले बताउनुभयो ।

सडक निर्माणका लागि सुरुमा इन्जिनियरले भनेअनुसार रुखको लगत पठाइएको तर वातावरणीय प्रभाव मूल्याङ्कन अनुसार रुखको संख्या बढि देखिएपछि पूनः नयाँ प्रतिवेदन पठाइएको सब डिभिजन वन कार्यालय जाँतेका सहायक डिभिजनल वन अधिकृत राजेश घिमिरेले बताउनुभयो ।

वन कार्यालयले नयाँ प्रतिवेदन पठाएपनि फायल बोकेर कुद्ने मान्छै नै नभएपछि काम अगाडी बढ्न नसकेको लेटाङ नौ का पूर्व वडाध्यक्ष कृष्ण लुइटेल बताउनुहुन्छ । लामो समयसम्म निर्माण सम्पन्न नभएपछि अब आफै मन्त्रालय धाउने लेटाङ नगरपालिकाका मेयर भुपेन्द्र कुमार लावतीले बताउनुभयो । लवतीले भन्नुभयो “सडकको बेसको काम समेत कमसल हुन लागेपछि अस्ती आफैले काम रोकेको छु । अब केहि दिनमा नै रुख कटानको आदेशका लागि काठमाण्डौ जान्छु । समयमा काम नहुदा जनताले सास्ती पाए ।”

जाँते, ज्यामिरे क्षेत्रका मानिसका लागि नजिकको बजार हो पथरी । स्वास्थ्य सेवा लिनका लागि पनि पथरी नै धाउनुपर्ने बाध्यता छ तर सडक नबन्दा स्वास्थ्य सेवा लिनका लागि पनि मुस्किल परेको स्थानीयले बताउदै आएका छन् ।

यो सडक समयमा नबन्दा जाँते ज्यामिरे क्षेत्रको उत्पादनले समेत बजार पाउन सकेको छैन् । यहाँ उत्पादिन अम्लिसो, अलैची, टमाटर लगायतका कृषिजन्य उत्पादनहरू बजारसम्म पु¥याउन महत्वपूर्ण सडकको रुपमा यस सडकलाई लिइन्छ । उत्तरी मोरङलाई भारतको सिक्टि नाकासंग जोड्ने सबैभन्दा छोटो दुरीको सडक पनि यहि हो । यो सडक निर्माणमा केही भाग पथरीको समेत पर्दछ । पथरीशनिश्चरे नगरले समेत सडक निर्माणमा पनि विशेष चासो दिनुपर्ने हो तर त्यसो भएको पाइदैन ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ