कर्मचारीलाई चुनावको चटारो

Letang Khabar शुक्रबार, मंसिर ०२, २०७९

विराटनगर २ मंसिर । आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सामग्री लिएर कर्मचारी मतदानस्थल पुग्ने क्रम सुरु भएको छ। मुख्य निर्वाचन कार्यलाय र निर्वाचन कार्यालयबाट मतदानस्थल र केन्द्रमा खटिने कर्मचारीहे बिहीबार आवश्यक सामग्री बुझेर कार्यस्थलमा गएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरराज अचार्यले जानकारी दिनुभयो।

निर्वाचनका लागि चाहिने आवश्यक सामग्री लिएर कर्मचारी बिहीबारनै मतदानस्थलमा जानुपर्ने हुन्छ। बिहीबार बुझेको सामग्री प्रहरीको सुरक्षामा मतदान स्थलमा लैजाने व्यवस्था छ।

मतदान अधिकृतसहितका कर्मचारीले मतदान केन्द्र वरीपरी कुनै पनि प्रकारका मादकपदार्थ सेवन गर्न नपाइने सूचना टाँस गरेर बिक्री वितरणमा रोक लगाइने व्यवस्था रहेको आचार्यले जानकारी दिनुभयो।

चितवनको तीनवटै प्रतिनिधिसभा सदस्यको निर्वाचन कार्यालयबाट कर्मचारीले सामग्री बुझेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख रितेन्द्र थापाले जानकारी दिनुभयो। मतदान केन्द्रमा सामग्री लैजाने भए पनि अन्य दिनभन्दा सुरक्षा व्यवस्था अझ मजबुत बनाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

तीन हजार छ सय ८० कर्मचारी परिचालन

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तीन हजार छ सय ८० कर्मचारी खटिने जानकारी दिनुभयो। निर्वाचन सम्पन्न गर्नका लागि सबै मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ–आठ जना कर्मचारी परिचालन हुनेछन्। एक सय ६२ मतदानस्थल रहेको चितवनमा चार सय ६० केन्द्र तोकिएको छ।

निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो। भयरहित निर्वाचन सम्पन्न गर्नको लागि सुरक्षा व्यवस्था मजबुत रहेको प्रहरी प्रमुख नवराज अधिकारीले बताउनुभयो।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ