चट्याङ लागेर मोरङ र सुनसरीमा एकको मृत्यु, चार घाइते

Letang Khabar शनिबार, बैशाख १५, २०७५

विराटनगर, बैशाख १५ गते।

मोटरङ र सुनसरीमा चट्याङ लागेर शनिबार एक जनाको ज्यान गएको छ भने अन्य चारजना घाइते भएका छन्।

सुनसरीको दुहवी नगरपालिका-११ स्थित तनमुन्ना बस्ने-१८ बर्षिय रोसन कुमार ऋषिदेवको चट्याङ लागेर मृत्यु भएको छ। पिपलको रुख मुनी बसिरहेको उनको दिउँसो २ बजेतिर हावाहुरी संगे परेको चट्याङ लाग्दा घटनास्थलमानै मृत्यु भएको हो।

उनकै साथी २५ बर्षिय मिठू मण्डल गम्भीर घाईते भएका छन्। उनको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ। यस्तै मोरङको बिराटनगर महानगरपालिका -१४ जतुवा बस्ने ४५ बर्षिया रुपमणी यादव, उनकै छोरी- १६ बर्षिया भुकली यादव र छिमेकी २६ बर्षिय भुल्टेन यादव दिउँसो १२ बजे परेको चट्याङ लागेर घाइते भएका छन्।

घाइते सबैको कोशी अन्चल अस्पताल बिराटनगरमा उपचार भइरेहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ