लेटाङ नगरपालिकाले ल्यायो ९० करोडको बजेट

Letang Khabar बिहिबार, आषाढ १०, २०७८

लेटाङ, १० जेठ (२०७८) । लेटाङ नगरपालिकाको नवौ नगरसभाद्धारा आर्थि बर्ष ७८÷७९ को लागि ९० करोड ८६ लाख २७ हजार रुपैयाको बजेट ल्याएको छ ।
आज बसेको नगरसभामा नगरउपप्रमुख कृष्णकुमारी निरौलाले उक्त बजेट नगरसभा समक्ष पेश गर्नुभएको हो । पुर्वाधार विकास तर्फ ४५ करोड ७० लाख ७० हजार रुपैया विनियोजन भएको छ । त्यस्तै सामाजिक विकास तर्फ २८ करोड ४३ लाख १२ हजार रुपैया विनियोजन भएको छ । आर्थिक विकासमा २ करोड ८९ लाख ९५ हजार र कार्यालय संचालन तथा प्रसासनीक खर्चमा १० करोड ९६ लाख गरि ९० करोड ८६ लाख २७ हजार रुपैयाको बजेट प्रस्तुत भएको हो ।
कुल बजेटको चालु तर्फ ४६.४ प्रतिशत र पुजीँ तर्फ ५३.६ प्रतिशत रहेको छ । गत आर्थिक बर्षको बजेट ७७ करोड ७६ लाख ३२ हजार ८ सय १८ रुपैया भन्दा ७८÷८९ को बजेट १३ करोड १८ लाख ९४ हजार १ सय ८२ अर्थात १६.९८ प्रतिशतले बढि हो ।
प्रस्तावित बजेट पुर्तीका लागि संघिय सरकार वाट प्राप्त समानिकरण अनुदान श्ररु १२ करोड ५० लाख, राजश्व वाडफाँडवाट ९ करोड ८५ लाख ६३ हजार ४ सय ८० रुपैया ,सशर्त २० करोड ९३ लाख , संघीय सरकार समपुरक अनुदान १ करोड १५ लाख , संघीय सरकार विशेष अनुदान १ करोड ९९ लाख , संघीय सरकार अन्य अनुदान ५० लाख रहेको उल्लेख गरिएको छ । त्यस्तै प्रदेश सरकार वाट समपुर अनुदान १ करोड, समानिकरण अनुदान ७२ लाख ११ हजार, सशर्त अनुदान १ करोड ५० हजार, जिल्ला समन्वय समिति वाट ५८ लाख ४३ हजार, आन्तरिक राजश्व वाट प्राप्त हुने १९ करोड ७१ लाख २ हजार ५ सय २० रुपैया र गत वर्षको अनुमानित नगद मौज्दात २० करोड , नगद सहभागिता १ करोड ५० लाख रहने बजेटमा उल्लेख गरिएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ