बजार नपाएपछि किसान द्धारा निशुल्क टमाटर वितरण

सरकार प्रति गुनासो

प्रशान्त निरौला बिहिबार, फाल्गुण २०, २०७७

लेटाङ, २० फागुन । आफुले उत्पादन गरेको टमाटरले वजार नपाउदा किसानहरुले उत्पादन गरेको टमाटर निशुल्क रुपमा वितरण गरेर सरकारको विरोध गरेका छन् ।
बजार ब्यवस्थापनमा सरकारले चासो नदिदा किसानले उत्पादन गरेको टमाटार बारीमै कुहिने अवस्था आएपछि लेटाङ नगरपालिका वडा नं. ८ स्थित जाँते बजारमा किसानहरुले गाउलेलाई वोलाएर आफुले उत्पादन गरेको टमाटर सित्तैमा वितरण गरेका हुन् ।
एक विगाह खेती भाडामा लिएर तरकारी खेती गर्दै आएका दुई युवा सविन निरौला र निरज लावती अव विदेशिनुको विकल्प देख्न छाडेका छन् । उनिहरुले गत बर्ष देखि बमौसमे तरकारी खेती गर्दै आएका थिए । करिव ५ लाख खर्च गरेर खेती गरेको उनिहरुले लगानी समेत उठाउन नसकेको भन्दै सरकार संग गुनासो गरेको छन् । सरकारले रोजगार दिन पर्दैन मात्र किसानको उत्पादनलाई उचित मुल्य सहितको वजार ब्यवस्थापन गरिदिए पूग्छ किसान निरज लावती गुनासो गर्छन ।
भारतवाट आउने टमाटर ३ रुपैया केजीमै आउने गरेको वताउछन् स्थानिय व्यापारी कुमार थापा । उनी जाँतेका कृषकहरुले उत्पादन गरेको कृषी उपजहरु वजार सम्म पूर्याउछन् । उनका अनुसार वजारमा टमाटरको भाउ नभएपछि किसानवाट टमाटर लान सकिएको छैन ।
उद्योग बाणिज्य संघ लेटाङका सचिव कुवेर पौडेलले सरकारको किसानले उत्पादन गरेको तरकारी लाई ध्यान दिन नसकेको प्रती ध्यानकर्षण गराउएका छन् भने संस्थागत रुपमा समेत किसानहरुले उत्पादन गरेको टमाटर नविकेको सन्दर्भमा संस्थाको धारणा सार्वजनिक गर्ने वताएका छन् ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ