सल्यानटारमा एक जिउँदो महिलालाई खाडलमा पुरेर हत्या, स्थानीय र प्रहरीविच झडप

Letang Khabar मंगलबार, फाल्गुण १८, २०७७

पोखरा, १८ फागुन । धादिङमा एक जिउँदै महिलालाई खाल्डो खनेर पुर्ने प्रयास भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं। १ सल्यानटारको बगैंचा घुम्तीमा उक्त घटना भएको हो ।

स्रोतका अनुसार सडक फराकिलो बनाएर कालोपत्रे गर्ने क्रममा डोजरले ठक्कर दिंदा ४५ वर्षीया सरस्वती कुमाल घाइते भएकी थिइन् । कुमाल घाँस काटेर घर फर्किंदै गर्दा डोजरले ठक्कर दिएको थियो ।

घाइते कुमालाई डोजर चालकले खाडल खनेर पुर्ने प्रयास गरेको बताइएको छ । उनको केही समयमै मृत्यु भएको हो । घटनापछि डोजर चालक फरार रहेको र स्थानीयले डोजरमा आगो लगाइदिएका छन् । स्थानीय व्यवसायी रेशम सिंखडाका अनुसार घटना भएको करिब १८ घण्टा पुग्दा पनि शव उठेको छैन् ।

महिलाको हत्या गरिएको भन्दै स्थानीय नाराबाजीमा उत्रिएपछि प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको बताइएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ