अदालतमा हाजिर भएका प्रचण्डले भनेस् ‘अदालतले संविधानको व्याख्या गरोस, जुलुस र भाषणको होइन’

Letang Khabar आइतबार, फाल्गुण १६, २०७७

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ लिएर आइतबार सर्वोच्च अदालतमा हाजिर भएका छन् । अदालतको अवहेलना मुद्दामा ‘आफैँ उपस्थित भएर जवाफ दिनु’ भनेपछि प्रचण्ड बिहान ११ बजे नै सर्बोच्च पुगेका हुन् ।

१० बुँदे लिखित जवाफ बोकेर अदालत पुगेका प्रचण्डले आफूले अदालतलाई धम्की दिएको भन्ने झुटो भएको भन्दै आफूविरुद्धको रिट खारेज गर्न माग गरेका छन् ।

चण्डले जवाफमा लेखेका छन्, ‘मैले सावजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ । यसबाट अदालतको अवहेलना हुनै सक्दैन ।’

उनले संवैधानिक नियुक्तिको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको उल्लेख गर्दै भनेका छन्– ‘वर्तमान प्रधानमन्त्रीले संवैधानिक संसदीय सुनुवाइको व्यवस्था निष्क्रिय पार्न नै संसद विघटन गरेर संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस एकैदिन गरेको कुरालाई सम्मानित अदालतमा निवेदन परिसकेको छ । यसको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको छ । यसबारेमा म यहाँ केही बोल्न चाहन्न ।’

प्रचण्डले जवाफमा भनेका छन्, ‘सर्वोच्च अदालतले संविधानको व्याख्या गर्ने हो, नारा, जुलुस र भाषणको होइन । अदालतले सरकार र उसका नातेदार चिन्दैन ।’

अधिवक्ता समीर हायूले प्रचण्ड विरुद्ध निवेदन दर्ता गरेका थिए । अवहेलनासम्बन्धी रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको इजलासले लिखित जवाफ माग गर्ने आदेश दिएको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ