संसद पुनस्थापनासँगै दलहरु सक्रिय, रोकिए विरोध र चुनावी कार्यक्रम

Letang Khabar बिहिबार, फाल्गुण १३, २०७७

काठमाडौं, १४ फागुन । प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै संसद पुर्नस्थापना भएपछि नेकपाको दुवै समूह सक्रिय भएको छ ।

सर्वोच्च अदालतले मंगलबारे प्रतिनिधिसभा विघटनको निर्णय उल्टाएपछि केही दिनदेखि निष्कृय रहेका नेकपाका दुवै समूह छलफलमा जुटेका हुन् ।

अदालतको फैसलापछि आन्दोलन गरिरहेको नेकपाको दाहाल–नेपाल समूहले विजयोत्सवका रुपमा लिँदै खुसीयाली मनाएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओली समूहले भने आफू अनुकुल नभएपनि अदालतको निर्णय स्वीकार गरेर अघि बढ्न प्रतिक्रिया दिएको छ ।

उसले थप दलहरुसँग छलफल गरेर थप रणनीति बनाउनेसमेत जनाएको छ । यस्तै प्रतिनिधिसभा पुर्नस्थापनासँगै नयाँ सरकार गठनको चर्चा चलेपछि कांग्रेस पनि निर्णायक बन्ने दाउमा सक्रिय हुन थालेको छ ।

अदालतको फैसलाअघिसम्म निरन्तर आन्दोलनमा रहेको दाहाल नेपाल समूहले विरोध कार्यक्रमलाई विजयउत्सवको रुपमा मनाएको छ भने ओली पक्षका चुनावी अभियानसम्बन्धी आमसभाहरु रद्द भएका छन् ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ