विद्यार्थीहरुको निशुल्क आखाँ कान परिक्षण

Letang Khabar बुधबार, फाल्गुण १२, २०७७

लेटाङ, १२ फागुन । विध्यार्थीहरुलाई निशुल्क आखाँ तथा कान परिक्षण सुरु गरिएको छ । लेटाङ नगरपालिका र विराटनगर आखाँ अस्पतालको संयुक्त आयोजनामा लेटाङ नगरपालिका क्षेत्र भित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको आखाँ तथा कान परिक्षण गरिएको हो । आखाँ तथा कानमा समस्या भएका विद्यार्थीहरुलाई निशुल्क रुपमा उपचार गर्न सुरु गरिएको हो ।

आज लेटाङ ४ स्थित शान्ति भगवती माविका विद्यार्थीहरुलाई आखाँ तथा कान परिक्षण गरिएको छ । कोभिड १९ का कारण विद्यार्थीहरुले मोवाईल, ल्याप्टब, टिभी लगायतका उपकरणहरु बढि प्रयोग गरिएका कारण आखाँ तथा कानमा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै निशुल्क आखाँ जाच सुरु गरिएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो । आखाँ तथा कानको समस्याले गर्दा विद्यार्थीहरु पढ्न नसकिरहेको विवसतालाई समाधान गर्नका लागि यो परियोजना सुरु गरिएको मेयर राईले जानकारी दिनुभयो ।

आज ३७ जना विद्यार्थीहरुमा दुर दृष्टीको समस्या देखिएको र उनिहरुलाई निशुल्क रुपमा औषधी र चस्मा वितरण गरिने स्वास्थ्यकर्मी चन्द्र शेखर मेहेताले जानकारी दिनुभयो । आज २ सय भन्दा बढि विध्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । एक हप्ता सम्म लेटाङमा यो सेवा सुचारु हुने मेहेताले जानकारी दिनुभयो ।

विद्यालयमा पढिरहेका विद्याथीहरुलाई आँखा तथा कान सम्बन्धी समस्या भएका विद्यार्थीहरु भएमा सम्पर्क गर्नका लागि लेटाङ नगरपालिका वडा नं. ३ का अध्यक्ष तथा शान्ति भगवती माविका अध्यक्ष देवराज चाम्लिङले अनुरोध गर्नुभयो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ