स्व-विकास व्यवस्थापन तथा प्रस्तावना लेखन तालिम सम्पन्न

Letang Khabar शुक्रबार, बैशाख १४, २०७५

प्रशान्त निरौला
विराटनगर १४ वैशाख । स्मार्ट सोसाईटी रंगेलीको आयोजनामा भएको ५ दिने स्व-विकास व्यवस्थापन तथा प्रस्तावना लेखन तालिम आज सकिएको छ । प्लान ईन्टरनेसनलको सहयोगमा आयोजना गरिएको तालिममा मोरङका १३ वटा गैरसरकारी संस्थाका ३० जना प्रतिनिधिले तालिम लिएका थिए । तालिमको मुख्य प्रशिक्षण प्रकाश पोख्रेलले गरेका थिए भने सहप्रशिकको रुपमा सृजना कोईरालाले गरेकी थिईन ।

प्लान ईन्टरनेसनलले मोरङमा २०१९ देखि कार्यक्रम नगर्ने भएपछी उसले सहकार्य गर्दै आएका संस्थाहरु प्लान देखि बाहेकका निकायसंग पनि परियोजना माग गरेर चलाउन सकुन भनेर तालिमको आयोजना गरिएको स्मार्ट सोसाईटीका कार्यक्रम संयोजक श्याम कोईरालाले जानकारी दिए ।

तालिमको समापन सत्रमा प्लान ईन्टरनेसनलकि एरिया मेनेजर कलावती चङ्वाङले हरेस खाएर बस्न नहुने भन्दै समाजमा संस्थाकै माध्यम बाट केही योगदान दिन आग्रह गरिन । समाज रुपान्तरणमा संस्थाहरुको उल्लेखनीय योगदान रहेको उनले बताईन ।
तालिमका मुख्य प्रशिक्षक प्रकाश पोख्रेलले सिकेका कुरालाई लिपिबद्द गरेर सस्थागत गर्न आग्रह गरे । सबै संस्था २०३४को संघसंस्था ऎन अनुसार नै दर्ता भएकाले आफुलाई सानो ठूलो नसम्झी समाजमा योगदान गर्न आग्र गरे । पैसा कमाउने उदेश्यले समाजसेवामा लाग्न नहुने भन्दै निस्वार्थ भएर सेवा गरे ।
कार्यक्रमको उद्घोषण संस्थाका उपाध्यक्ष रामबाबु पोख्रेलले गरेका थिए भने संस्थाका अध्यक्ष श्याम बस्नेतले कार्यक्रमको समापन गरेका थिए ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ