दाहाल–नेपाल समूह :आधिकारीकता दावी गर्न विवरणसहित निर्वाचन आयोग जाँदै

Letang Khabar शुक्रबार, फाल्गुण ०७, २०७७

काठमाडौं ७ फाल्गुन । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूह बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने भएको छ ।

निर्वाचन आयोगले आधिकारीकताको निर्णय गर्न आलटाल गरेपछि दाहाल–नेपाल समूह आफू पक्षका केन्द्रीय सदस्यहरुको बहुमत रहेको भन्दै आज आयोग जान लागेको हो ।

त्यसका लागि सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित पार्टी कार्यायल पेरिसडाँडा बोलाइएको छ। दुवै समूहले पार्टीको आधिकारिकता दाबी गरे पनि आयोगले हालसम्म कुनै निर्णय गरेको छैन ।

आयोगले दुवै समूहले गर्दै आएका निर्णय र कार्यक्रमलाई मान्यता नदिने बताइसकेको छ । गत पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेसँगै आन्दोलित बनेको दाहालनेपाल समूहले चौथो चरणको आन्दोलन गरिरहेको छ ।

यसैबीच निर्वाचन आयोगमा जानु अघि दाहाल–नेपाल समूहको स्थायी कमिटीको बैठक बस्ने भएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ