बगुवामा भलिबल सम्पन्न

Letang Khabar शनिबार, माघ १७, २०७७

लेटाङ, १७ माघ । नगर स्तरिय भलिबल प्रतोयोगितामा आयोजक त्रिबेणि युवा क्लब बगुवा बिजय भएको छ । भगवती युवा क्लब भोगटेनीलाई सोझो सेटमा आयोजकले जित हासिल गरेको हो । १२ टिमको सहभागिता भएको खेलमा आयोजकले उपाधी कब्जा गरेको हो । जित संगै नगद ३० हजार सहित ट्रफी जित हासिल गरेको छ ।

दोश्रो हुने टिम भगवतिले २० हजार र ट्रफी जितेको छ । तेश्रो भएको टिम साग्माले ७ हजार संगै ट्रफी जित हासिल गरेको छ ।

समापन कार्यक्रमलाई संबोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा लेटाङ नगरप्रमुख शंकर राईले कोभिड- १९ ले कोरोना भाईरसका कारण यो बर्षका खेलहरु प्रभाबित भएको बताउनुभयो । खेल जीवन मानिसको महत्वपुर्ण अंगको रुपमा स्थापित भएकाले मानिसहरु खेल बाट बाहिर रहन नसक्ने बताउनुभयो । युवाहरुलाई अनुसाशित र स्वास्थ्य राख्नका लागि खेल अति आवश्यक भएको मेयर राईको भनाई छ । लेटाङलाई चिनाउनका लागि महिला खेलाडीहरुले ठूलो स्थान ओगटेको जानकारी गराउदै खेलाडि अगाडि बढ्नका लागि आफै लगनशिल हुन आवश्यक रहेको बताउनुभयो । k

उपप्रमुख कृष्णकुमारी निरौलाले खेलले मानशिक , शारीरिक तथा स्वास्थ्यका दृस्ठिकोणले महत्वपुर्ण हुने बताउनुभयो । देउलिङे मेलाको सम्झना स्वरुप यो खेल भैइरहेकोमा आयोजकलाई धन्यवाद दिनुभयो । लेटाङ लाई खेल क्षेत्रबाट चिनाउन धेरै खेलाडिहरु प्रयासरत भएकोमा खेलाडिहरुको प्रशंसा गर्नुभयो । महिलाहरुलाई समेत खेल क्षेत्रमा उल्लेख सहभागिता गराउन आवश्यक रहेको बताउनुभयो ।

प्रमुख प्रसासकिय अधिकृत अच्युत प्रसाद दाहालले कार्यक्रमलाई सम्बोधन गर्दै लुकेका प्रतिभाहरुलाई भलिबल खेलका माध्यम बाट उजागर गरिरहेकोमा खुसी ब्यक्त गर्नुभयो । खेल भनेको मनोरन्जन मात्र नभैइ शारीरिक तन्दुरुस्ती मजबुत बनाउन र मानशिक अवस्थालाई दर्बिलो बनाईराख्न महत्वपुर्ण रहने बताउनुभयो ।

 

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ