भुवाखोलाको पक्किपुल मेयर शंकर राई द्वारा सिलन्यास

Letang Khabar बिहिबार, कार्तिक २०, २०७७

लेटाङ २० कात्तिक । मोरङको लेटाङ नगरपालीकाको गौरवको योजनामा रहेको भुवाखोला पक्किपुलको आज सिलन्यास भएको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले आज पुलको सिलन्यास गर्नुभएको हो । नगरपालिकाको गौरबको योजना रहेको सो पुल २ बर्ष भित्रमा बन्ने छ ।

वडा नं. ६ र ७ लाई जोड्ने पुल बन्दा पहाडी भेगका धेरै पालिकाहरुले खोलाका कारण बर्खायाममा नगर संग जोडिन समस्या रहेका कारण नगरवासीले दुख पाउदै आएका छन ।

पुल ५ करोड ५१ लाख ८ सय ८६ लागतमा एपेक्स जोशी जेभि कम्पनीले २ बर्ष भित्र निमार्ण सम्पन्न गर्ने जिम्मा लिएको छ । पुलको लम्बाई ५१ मिटर र चौडाई ७ मिटरको रहने पुलको प्रदेश सरकार र लेटाङ नगरपालिकाको संयुक्त लगानिमा निमार्ण सुरु भएको छ ।

पुलको सिलन्यास गर्दै २ बर्ष भित्र पुल निमार्ण सम्पन्न गरि जनतालाई सुबिधा दिने र पहाडी भेगका विद्यार्थी, विरामी र पहाडी भेगका साग्सब्जीले बजार पाउने नगर प्रमुख शंखर राईले बताउनु भयो ।

प्रदेश सरकार र नगरपालिकाको लगानिमा सुरु भएको पुल निमार्ण पछि नगरवासीले बर्खा याममा झेल्दै आएको समस्या समाप्त हुने उपमेयर कृष्णकुमारी पोख्रेल निरौला बताउनु भयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ