लेटाङ नगरपालिकाको सातौ नगरसभामा ५९ करोड ५० लाखको अनुमानित बजेट प्रस्तुत

Letang Khabar बुधबार, आषाढ १०, २०७७

लेटाङ, १० असार । बुधबार बसेको लेटाङ नगरपालिकाको सातौं नगरसभामा आगामी आर्थिक बर्ष २०७७÷७८ का लागि ५९ करोड ५० लाखकोे बार्षिक बजेट प्रस्तुत गरिएको छ

नगरसभामा प्रस्तुत आगामी आर्थिक बर्षको बार्षिक बजेट अनुमान अनुसार आगामी बर्षका लागि नगरपालिकाले चालु खर्च तर्फ ३० करोड २५ लाख ५० हजार र पूँजीगत खर्च २८ करोड ८९ लाख रुपैया विनियोजन गरिएको छ ।

नगरपालिकाले लेटाङ नगरपालिकाले लेटाङ-कानेपोखरी सडक, पिएचसी भवन , खेरुवा खोला र भुवा खोलामा पक्की पूल , लेटाङ ४ र ८ मा पर्ने आधुनिक कृषि बजार लगायतका ठुला योजनालाई प्राथमिकतामा राखेर निति तथा वजेट तय गरेको छ ।
वडागत रुपमा ७५ लाखको सिलिङ बजेट वाट वडागत योजनाहरुलाई समेत नगरपालिकाले समेटेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बजेटको अवस्था अनुसार लेटाङमा बजेट विनियोजन गरिएको नगरप्रमुख शंकर राईले प्रतिक्रिया दिनुभयो । केन्द्रीय र प्रदेश सरकार समक्ष योजनाहरुलाई विशेष जोडका साथ पेश गरिने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहालले समेत नीति तथा कार्यक्रमका विषयमा उठेका प्राविधिक पक्षको हल गर्नुभएको थियो ।

नगरपालिकाले लेटाङ नगरपालिका भरीमा उत्कृष्ट अंक ल्याएर कक्षा ८ उर्तिण गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान समेत गरेको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ