कालोपत्रे सडकमा ट्रिफर निषेध

Letang Khabar बुधबार, जेठ २१, २०७७

डम्बर सिन्चिउरी

जाँते, २१ जेष्ठ । हामी कुनै पनि सामान किन्न पसलमा जान्छौं र पसलेलाई सोध्छौं यो सामानको ग्यरेन्टी कति हो ? पसलेको जवाफ आउन सक्छ १/२/३ वर्ष या त जतन गर्नु भो भने अन्य केही वर्ष । अझ छाता व्यापारीको कुरा गरौं भने त निकै फरक जवाफ आउँछ ” घाम पानी बाट जोगाउनु भो भने त दशकौं टिक्छ ।

माथि उल्लेख गरिए झै सडक बनाएर गाडि घोडा नहिँडाउने हो भने त सडक युगौं टिक्छ । साँच्चै यहाँ सडक बचाउन सडकमा गाडि नै हिडाउन रोक लगाउने मनासयले समितिले सडकमा पर्ने चोकै पिच्छे सुचना पाटी राखेको छ ।  यसरी सुचना पाटिनै राखेर उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँते मा ८ महिना अघि मात्र निर्माण सम्पन्न कालोपत्रे सडकमा सामान ढुवानीको प्रमुख साधन ट्रिफर लाई निषेध गरिएको छ ।

गत ०७६ साल कार्तिकमा निर्माण सम्पन्न भएको स्थानिय मोरङ्गी खोला पुर्व बुडौली चौक हुँदै मदन चौक भएर तेली खोला सम्म पुग्ने २२ सय मिटर लामो कालो पत्रे सडकमा ट्रिफर निषेध गरिएको हो ।

६०/४० को अवधारणा अन्तर्गत १ करोड ६० लाखमा निर्माण गरिएको उक्त सडकमा ट्रिफर दौडाएमा रु ५ सय जरिवाना गरिने समेत सुचना वोर्डमा उल्लेख गरीएको छ ।

केही महिना अघि मात्र निर्माण सम्पन्न भएको उक्त सडक राम्रो सेटिङ्ग समेत भै नसकेकोले पनि सामान बोकेका ट्रिफरलाई मात्र निर्माण समितीकै निर्णय बाट निषेध गरिएको अध्यक्ष डिल्लि तिंसिनाले वताएका छन् । सडकको क्षमता १८ टन रहेको तर सडकमा २८ देखि ३२ टन सम्म (सामान सहित) को सामान लोड गरिएको ट्रिफर दौडँदा सडकले यहि वर्ष पनि नथाम्ने देखेर नै ट्रिफर निषेध गर्नु परेको अध्यक्ष तिंसिना वताउँछन् । खाली ट्रिफरलाई भने सडकमा निषेध नगरिएको जनाईएको छ ।

उक्त सडक निर्माण सम्पन्न भएको यतिका समय भै सक्दा पनि  मोटर साईकल स्टेन लगाउदा समेत भासिने गरेको स्थानिय उपभोकता बताउँछन् । यतिका समय भैसक्दा समेत यसरी मोटरसाईकल थाम्न नसक्ने सडकको अवस्था देखेर स्थानिय उपभोक्ताहरु निर्माणमा प्रयोग भएको सामाग्रि र प्रक्रिया नै गलत भएको भन्न कुनै संकोच मानिरहेका छैनन्न  ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ