जाँतेमा रक्तदान कार्यक्रम आयोजना हुने

Letang Khabar बुधबार, जेठ २१, २०७७

डम्बर सिन्चिउरी
जाँते, २१ जेष्ठ ।  उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँतेमा यहि जेष्ठ २६ गते सोमबार रक्तदान कार्यक्रम संचालन हुने भएको छ ।
उक्त रक्तदान कार्यक्रम स्थानिय उज्वल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा हुने वताईएको छ । देश लक डाउनमा परेको अवस्थामा अस्पतालमा उपचाररत विमारीलाई भएको रगत अभाव टार्ने उद्देश्यले उक्त रक्तदान कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष टंक बुर्जाले वताएका छन् ।

रक्तदान जीवन दान भन्ने मुलनाराका साथ गर्न लागिएको रक्तदान कार्यक्रममा स्थानिय वडाकार्यलयले सहकार्य गर्ने वडाध्यक्ष कृष्ण लुईंटेलले वताए । कार्यक्रममा नेपाल रेडक्रस शोसाईटी क्षेत्रीय रक्तसंचार केन्द्र विराटनगरले प्राविधिक सहयोग गर्ने छ ।
रक्तदान कार्यक्रम स्थानिय मदनचौक दक्षिण रहेको संस्थाको आफ्नै कार्लय भवनमा विहान १० बजे बाट शुरुहुने संस्थाका सचिव टेकनाथ निराैलाले बताए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ