प्रदेश सांसद घिमिरे द्धारा मुटुरोगीलाई सहयोग

Letang Khabar मंगलबार, जेठ २०, २०७७

डम्बर सिन्चिउरी
जाँते, २०जेष्ठ । लामो समय देखि मुटु तथा उच्च रक्तचाप रोग बाट थलिएका लेटाङ्ग ८ लालझोडा निवासी तत्कालिन जाँते गाउँ विकास समितिका उपाध्यक्ष एवं स्थानिय समाज सेवी नरसिं बहादुर राई लाई जेष्ठ १९ गते सोमबार मोरङ्ग क्षेत्र नम्बर एक ख का प्रदेश सांसद उपेन्द्र प्रसाद घिमिरे मार्फत सहयोग प्रदान गरिएको छ ।

सोमबार बिहान विमारी राईको घरैमा पुगेर सांसद घिमिरेकै पहल कदमीमा नेपाल कम्युनिष्ट पार्टी कमिटि जाँते द्वारा संकलित नगद रु ५० हजार सहयोग प्रदान गर्नु भएको उहाँका स्वकिय सचिव राजु  थापाले जनाएका छन् । थापाका अनुसार आर्थिक अभावका कारण उपचार ढिलो हुँदा विमारीको ज्यानै जोखिममा रहेकाले स्थानिय नेकपाका संगठित सदस्यहरु मार्फत उक्त अंकको रकम संकलन गरी सभासद मार्फत हस्तान्त्रण गरीएको हो ।

 

यसै गरी उपचारका लागि उक्त रकम प्राप्त भए सँगै विमारी लाई सभासदका स्वकिय सचिव थापा साथै राष्ट्रिय युवासंघ नेपालका लेटाङ्ग नगर सहसंयोजक एवं युवा समाजसेवी उर्गेन योन्जन तामाङ्गको सहयोगमा एम्बुलेन्स्को व्यवस्था गरी सोमबार नै उपचारार्थ विराटनगर तर्फ पठाईएको जनाईएको छ ।

साथै स्थानिय समाज सेवीको यस्तो अवस्था सँगै आर्थिक स्थिति पनि अति नाजुक देखिएकोले अब चाँडै लेटाङ नगरभित्रका युवाहरुको सक्रिययतामा केही मात्राको रकम भए पनि संकलनमा राष्ट्रिय युवा संघ लाग्ने संघका लेटाङ सहसंयोजक उर्गेन तामाङ्गले वताए ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ