रुकुम घट्नाका दाेषीलाई कारबाहीकाे माग गदै लेटाङ नगर प्रमुखलाई ज्ञापनपत्र

Letang Khabar सोमबार, जेठ १९, २०७७

डम्बर सिन्चिउरी

लेटाङ्ग १८ जेष्ठ । दलित आन्दोलनको ईतिहाँस लाई नै चुनौति दिँदै जातिय कलंकको रुपमा रहेको छुवाछुत जस्तो अमानविय व्यावहारको चरम पराकाष्ठको उदाहरण बनेको रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ नोतीमा गत ०७७ जेष्ठ १० गते भएको घटनाका दोषीहरुलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै मोरङ्ग लेटाङ्गका दलितहरुले नगर प्रमुख शंकर राई लाई आज एक ज्ञापन पत्र पेस गरेका छन् ।
नगर प्रमुख मार्फत प्रधानमन्त्री समक्ष पुग्ने अपेक्षका  साथ पेस गरिएको उक्त ज्ञापन पत्र स्थानिय २० जना दलित अगुवाको समुहले नगर प्रमुखकै कार्य कक्षमा पुगेर प्रमुख लाई पेश गरेको थियो भने अन्यले बाहिरबाट कर्कल ध्वनि लगाएर साथ दिईरहेका थिए ।  दुई पेज लामो ज्ञापन पत्र स्थानिय दलित अगुवा एवं शिक्षक बिष्णु वि.क. ले पुर्ण वाचन पश्चात् नगर प्रमुखलाई हस्तान्त्रण गरेको समुहका अगुवा गोपाल नेपालीले वताए ।

उक्त ज्ञापनपत्र दलित उत्थान समन्वय समितको व्वस्थापनमा प्रदान गरिएको थियो ।
ज्ञापन पत्रमा पश्चिम रुकुमको चौरजहारीमा कथित दलित युवा नवराज वि क सहित ५ जना युवाहरुको विभत्सहत्या गरिएको अत्यन्तै अमानविय घटनाले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको र  घटनाले आफुहरुलाई स्तब्ध समेत बनाएको उल्लेख गरिएको छ । यसै गरी कथित दलित समुदायका युवा र गैह्र दलित युवती विच विवाह हुन नदिन लाई गरिएको योजना बद्ध हमलाको लेटाङ्ग वासी सम्पुर्ण दलित अधिकार कर्मीहरु घोर निन्दा र भत्सना गर्ने पनि उल्लेख गरिएको छ ।

यसै गरी ज्ञापन पत्रमा चौरजहारी ४ की सुष्मा मल्ललेनै अनुरोध गरे पछि उनलाई लिन पुगेको  २१ वर्षिय नवराज वि क र १८ जना उनका साथिलाई चौरजहारी ८ का वडाध्यक्षको अगुवाईमा सिंगो गाउँ नै उल्टिएर उनिहरु माथि लखेटी लखेटी कुट्पिट् पछि हत्या गरिएको समेत उल्लेख गरिएकोछ । सो घटनामा १९ जना मध्ये ५ जना को सव भेरी नदिमा विभिन्न अवस्थामा फेला परेको छ भने सँगै वेपत्ता भएका मध्ये गोविन्द शाही भने अहिले सम्म वेपत्ता छन् । अन्य सबै सामन्य देखि सख्त घाईते भएका पत्रमा उल्लेख गरिएको छ । यसरी हत्या गरीएका पाँचै जना प्रति भाव पुर्ण श्रद्धान्जली अर्पण गर्दै वेपत्ता युवाहरुको खोजी र घाईते हरुको शिघ्राती शिघ्र उपचार को लागि नेपाल सरकार समक्ष हामी लेटाङ्ग नगरवासी दलितहरु जोडदार माग गर्दछौं समेत पत्रमा उल्लेख गरिएको छ ।

लकडाउनको पुर्ण पालना गर्दै नगर प्रमुखलाई पेश गरिएको ज्ञापन पत्रमा यस  घटनालाई तोडमोड गर्ने ,ढाकछोप गर्ने,यो वा त्यो वहानाम दोषिलाई उन्मुक्ती दिने जस्ता काम सरकार बाट भएको पाईएमा लेटाङ्ग सहित देशभरका उत्पिडनमा परेका दलित समुदाय कडा भन्दा कडा आनदोलनमा उत्रने समेत जानकारी गराउन चाहेको उल्लेख गरिएको छ । यसै गरी यस घटनालाई लिएर सरकारको पिडित मैत्री व्यवहार एवं दलित समुदाय माथि हुने सबै खाले विभेद , अपमान र दमनको अन्त्यको लागि अझ प्रभावकारी पहल कदमीको अपेक्षा सहित गरिएको पनि ज्ञापन पत्रमा उल्लेख छ ।

उक्त अवसरमा ज्ञापन पत्र बुझ्दै नगर प्रमुख शंकर राईले आम दलित समुदाय प्रतिको पीडा लाई समेटेर ज्ञापन पत्र दिन आउने सम्पुर्ण दलित अगुवाहरुलाई धन्यवाद दिनुका साथै सो पीडा आफुले पनि महसुस् गर्दै पत्रलाई जतिसक्दो चाँडो बिधुतिय माध्यम द्वारा सम्बन्धित निकाय सामु पुर्याउन कटिवद्ध भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ