जेठ ३२ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय, असार १३ सम्म हवाई सेवा बन्द

सेना परिचालन गर्ने

Letang Khabar शनिबार, जेठ १७, २०७७

काठमाडौ, १७ जेठ । सरकारले जेठ ३२ सम्म लकडाउन लम्बाउने निर्णय गरेको छ। शनिबार बसेको मन्त्रिपरषद् बैठकले यस्तो निर्णय गरेको हो। यसैगरी, सरकारले असार १३ गतेसम्म हवाई सेवा बन्द गर्ने समेत निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका डा युवराज खतिवडाले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो । त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।

यसअघि सरकारले जेठ २० सम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो। सरकारले सुरुमा चैत ११ गतेदेखि लागू हुने गरी घोषणा गरेको लकडाउन पटकपटक गरी थप्दै आएको छ। पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै लकडाउन जारी राख्ने निर्णय गरेको बताइएको छ।

नेपालमा हालसम्म १ हजार ४ सय १ जना कोरोना संक्रमित भेटिएका छन् भने ७ जनाको यसकै संक्रमणका कारण मृत्यु भइसकेको छ। २ सय १९ जना संक्रमित भने उपचारपछि निको भएर घर फर्किसकेका छन्।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ