माेरङमा एकसहित थपिए १९ जना कोरोना संक्रमित, पुगे ६०३

Letang Khabar आइतबार, जेठ ११, २०७७

काठमाडौं, ११ जेठ । माेरङमा एकसहित १९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार एकैदिन १९ जना संक्रमित थपिएका हुन् ।

मोरङका एक ,बाराका एक, पर्साका तीन, रौटहटका एक, सर्लाहीका एक, रुपन्देहीका तीन र काठमाडौं सोह्रखुट्टेका एकजनामा संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

नुवाकोटका एक, कपिलवस्तुका तीन र गुल्मीको मदानेका एक जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो । नुवाकोटमा पहिलोपटक संक्रमित फेला परेका हुन् ।

नेपालमा कोरोना तीब्र फैलन थालेको छ । अहिलेसम्म ४२ वटा जिल्लामा कोरोना पुगेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ जना पुगेको छ । नेपालमा अहिलेसम्म कोरोनाले तीन जनाको ज्यान लिएको छ । कुल संक्रमितमध्ये ८७ जना निको भएका छन् ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ