प्रशान्त निरौला
लेटाङ १० बैशाख । लकडाउनको दुईमहिना विति सक्दा पनि कोरोना भाईसर नियन्त्रणमा आएको छैन । मोरङ जिल्लाको लेटाङ नगरपालिकामा समेत कोरोना भाईरसको प्रकोप देखिन सक्ने सम्भावनालाई ख्याल गर्दै ३ दिनका लागि नगरपालिका सिल गरिएको छ ।
लेटाङ नगर गएराती १२ बजेदेखि सिल छ । नगरपालिकाको निर्णय अनुसार हाल नगरक्षेत्रमा नेपाल प्रहरी र नगरवाट खटाईएका सुरक्षाकर्मीद्धारा पहरेदार भईरहेको छ ।
बेलवारी लेटाङ नाका, कानेपोखरी लेटाङ नाका तथा जाँते पथरी नाका सहितका लेटाङ नगरपालिमा भएका सानाठुला सडकहरुमा नगरपालिकाले निगरानी गरिरहेको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।
लेटाङ नगरमा कोरोनाको जोखिमलाई मध्यनजर गरेर नगरपालिका सिल गरेको लेटाङ नगरपालिकाका प्रमुख राईले जनाउनुभयो । उहाँका अनुसार ३ दिन पछि अवस्था हेरेर अर्को निर्णय गरिनेछ ।
ईलाका प्रहरी कार्यलय लेटाङका प्रमुख अशोककुमार जवेगुका अनुसार लेटाङका प्रत्येक नाकामा प्रहरी , स्वास्थ्यकर्मीको टोली राखिएको छ भने लेटाङभरी २ वटा गाडीवाट पेट्रोलिङ गरिरहेको छ । प्रहरीलाई नगरपालिका विभिन्न क्षेत्रमा सुरक्षाका लागि परिचालन गरिएको छ । लेटाङ प्रबेश गरेका ९ वटा वाईक र मानिसहरुलाई आज नियन्त्रणमा लिईएको समेत उहाँले जानकारी दिनुभयो ।