थप १७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४४४ पुग्यो

Letang Khabar बिहिबार, जेठ ०८, २०७७

 

काठमाडौं, ८ जेठ । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या ४ सय ४४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान जारी गरेको सूचना अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षण अनुसार थप १७ जनामा संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमितहरु झापा कचनकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ वर्षका पुरुषहरु छन्। त्यस्तै, धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी, धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ।

संक्रमितको अवस्था समान्य रहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ