पानी ट्याङ्कीको शिल्यान्यास्

Letang Khabar सोमबार, जेठ ०५, २०७७

डम्बर सिन्चिउरी

जाँते ,४ जेष्ठ ।  मोरङ्ग को लेटाङ्ग ९ जाँते स्थित चोर गौंडा दक्षिण स्थानिय तेलीखोला धार बगर मा निर्माण हुन लागेको स्वर्गद्वारी दाहा संस्कार स्थल को लागि आवस्यक पानी संचालन खातिर निर्माण गर्न लागिएको पानी ट्याङ्की को आज शिल्यान्यास् गरिएको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएको उक्त पानी ट्याङ्कि को अाज एक समारोहको विच मोरङ्ग क्षेत्र नम्बर एक ख का प्रदेश  सभासद माननीय उपेन्द्र घिमिरेले पन्चशिला पुजा गरी शिल्यान्यास् गर्नु भएको छ ।
लेटाङ्ग नगर भित्र मध्ये सबै भन्दा बढि संख्यामा बेरोजगार भएको कारणले नै यस वडा लाई स्वरोजगार कोषको रकम प्राप्त भए को वडाध्यक्ष कृष्ण लुईटेल ले वताए । गत वर्ष संघिय सरकारमा घाट निर्माणार्थ २९ लाख माग गरी पठाएको भए पनि हाल  १६ लाख मात्र प्राप्त हुने भएको छ । त्यो पनि स्वरोजगार कोष को नाम मा । यस अन्तर्गत काम गर्न चाहाने कामदार ले यस भन्दा अघि रोजगार का लागि अावेदन दिने ले मात्र रोजगारी प्राप्त गर्ने वडाध्यक्ष लुईटेलले जनाएका छन् । यस योजनामा रोजगार प्राप्त गर्नेले चलन चल्ति रोजी भन्दा सरकारी नियमावली वमोजिमको न्युनतम ज्याला मात्र प्राप्त गर्ने समेत सो अवसरमा जनाईए को छ ।
यसरी नगर भित्रै घाट निर्माणार्थ परेको पहिलो योजना भएकोले पनि यस का लागि अब कसरी अगाडि बड्ने भन्ने दोधार रहेको निर्माण समितिका अध्यक्ष ओमप्रकाश दाहाल ले बताए ।  तथापी माननीय सभासद देखि नगर उपप्रमुख समेत स्थानिय नै भएकाले योजना सफल हुनेमा आफू पुर्ण आशावादी रहेको अध्यक्ष दाहालको भनाई रहेको छ ।
यस बाट विगत लामो समय देखि स्थानिय आर्य समाज लगाएत अग्नि दहन संस्कार भएका जातीहरुले भोग्दै अाएको समस्या अब चाँडै अन्त्य हुनेमा सभामा उपस्थित सबैले अाशा व्यक्त गरेका थिए । विगतमा यहाँ का ( हाल लेटाङ्ग ९ का ) वासिन्दाले पुर्वी भेग बाट शव दहन गर्न हाल को मिकलाजुङ्ग ५ ( तत्कालिन जाँते ३/४ को)  सोल्टी खोला लैजाने गर्दथे । यसै गरी पश्चिम पट्टि बाट एक देखि दुई घण्टा लगाएर स्थानिय डाँस खोलाको घापखुडि या त लेटाङ्ग बजार पारी चिसाङ्ग खोला सम्म पुर्याउने गर्दथे । यस बाट मलामी जन या आफन्त हरुले ठुलै शास्ती भोग्नु पर्दथ्यो ।
अब पानी ट्याङ्की सहित को दाहासंस्कार घाट निर्माण हुने भए पछि भने ती सारा समस्या दुर हुने साथै यस का लागि स्थानिय नेतृत्व पङ्गति पुर्णरुपमा लागि पर्ने पनि सो समारोहमा वक्ताहरुले वताए । समारोहमा माननीय उपेन्द्र घिमिरे , नगरउपप्रमुख कृष्ण कुमारी निरौला र वडाध्यक्ष कृष्ण लुईटेल ले घाट निर्माणार्थ आआफ्नो प्रतिवद्धता मन्ततव्य राखेका थिए ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ